काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्र चर्किंदै गएको विवाद मत्थर बनाउन आफूनिकट नेताहरूसँग छलफलमा जुटेको खबर कान्तिपुरमा छापिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहुमतका आधारमा गरिएका निर्णय सच्याउन दबाब दिइरहेका बेला देउवाले आफूनिकट नेताहरूसँग परामर्श थालेका हुन् ।
देउवासहित आइतबार संस्थापन पक्षका नेताहरूसँग करिब चार घण्टा छलफल गरे । छलफलमा नेताहरूले पार्टीको विभाग, नेविसंघ र तरुण दलको कार्यसमिति गठन तथा विस्तार गर्दा पौडेल र सिटौला पक्षलाई समेटेर लैजाने सहमति गरेका छन् । राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी छलफलका लागि पुस १७ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने र त्यसअघि वरिष्ठ नेता पौडेलसहितको उपस्थितिमा पदाधिकारी बैठक बोलाउने पनि तय भएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १४ पुस २०७६, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्र महाधिवेशन पक्षधर समूहको जोड : एकीकरण वा नयाँ राजनीतिक विकल्पबारे शीघ्र निर्णय आवश्यक
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै