काठमाडौं । कुनै बेला नेकपा अध्यक्ष प्रचण्डका कटु आलोचक थिए,– उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल । पार्टी एकता भएपछि पनि उनले पूर्व माओवादी धार र त्यसको नेतृत्व गरेका प्रचण्डमाथीको आलोचना छोडेका थिएनन् । नेपालका दुई कम्युनिष्ट पार्टी एकतापछि पनि पोखरेलले यो एकतालाई खास त्यक्ति रुचाईरहेका थिएनन् । त्यसको कारण थियो,–उनले तत्कालिन एमालेको आउने महाधिवशेनमा सिधै अध्यक्षमा गर्न लागेको प्रतिस्पर्धा । तर उनलाई धक्का लाग्यो ।
तत्कालिन एमालेको पार्टी महासचिव रहेका उनलाई यो एकताले ब्यक्तिगत रुपमा पदीय आकांक्षामा घाटा पु¥याएपनि नेपालको कम्युनिष्ट आन्दोलनलाई भने फाइदा पुगेको थियो । तर पोखरेलले देशको, पार्टीको हितलाई भन्दा आफनो ब्यक्तिगत पद प्रतिष्ठा मात्र सोचे । एकतापछि उनको महासचिव पद गुम्यो, विष्णु पौडेलले बाजी मारिदिए । त्यसपछि उनी एकताको बारेमा नबोलेपनि अध्यक्ष प्रचण्ड र पूर्व माओवादी खेमा विरुद्ध भने बोल्दै हिडेका थिए ।
एकतापछिको पार्टीको राजनीतिक कार्यदिशा समाजवाद उन्मुख जनताको जनवादको कार्यदिशामै पनि उनले प्रश्न उठाए । एकताका क्रममा तत्कालिन एमालेको जनताको बहुदलीय जनवाद (जवज) र माओवादीको एक्काइशौं शताब्दीको जनवाद को कार्यदिशा स्थगन गरिएको थियो । तर पोखरेलले सार्वजनिक मञ्चमै पार्टी एकता पछिको कार्यदिशमा असन्तुष्टि जनाउँदै आए ।
जवजकै पक्षमा निरन्तर वकालत गदै आईरहेका थिए । उनको त्यही कार्यशैलीका कारण स्कुल विभागमा तत्कालिन माओवादी पक्षका नेताहरुले उनलाई त्यक्ति रुचाएका थिएनन् । तर बैगुनीलाई पनि गुनले पाठ सिकाउनु पर्छ भन्ने जानेका अध्यक्ष प्रचण्डले तत्कालिन पूर्व माओवादीका नेताहरुको अरुचीका बीच पनि स्कुल विभाग प्रमुख पोखरेललाई दिन सहमति जनाए । त्यक्ति मात्र होइन, अध्यक्ष प्रचण्डले उनकै निवासमा पुगेर पनि पोखरेलसँग राजनीतिक छलफल गरे ।
ओली खेमामै खास रुचीकर नेताको कोटीमा नपर्ने पोखरेल अहिले आफनो राजनीतिको जोडघटाउमा छन् । त्यही भएर पनि उनी प्रचण्डसँग हिमचिमको खोजीमा छन् । उनी अहिले प्रचण्ड निवास पनि धाउन थालेका छन् । सोमबार उनले प्रचण्ड निवास खुमलटारमा पुगेर झण्डै ढेड घण्टा छलफल गरे ।
तर यो छलफल भने अन्य विषयमा भन्दा पनि पार्टीको स्कुल विभागको पूर्णताका विषयमा केन्द्रीत रहेको पोखरेल निकट नेताहरुको भनाई छ । पार्टीको स्थायी समिति बैठकले आगामी केन्द्रीय समिति बैठक अगाडी एकता प्रक्रिया टुंग्याउन बाँकी सबै टुंग्याउन निर्देशन गरेपछि पोखरेल प्रचण्ड निवास पुगेका हुन् । उनले स्थायी समिति बैठकका विषयमा पनि प्रचण्डसँग समिक्षात्मक छलफल गरेका थिए ।
प्रचण्डले पार्टीभित्रका सबै शीर्ष नेताहरुसँगको परामर्शकै आधारमा अगाडी बढने रणनीति लिएपछि उनले शीर्ष नेताहरुसँग भेटघाट र छलफल पनि बाक्लै गर्दै आएका छन् । त्यही क्रममा पोखरेलसँग पनि छलफल भएको हो । प्रचण्ड ४ मंसिर देखि नेकपाको पार्टी काम हेर्ने गरी कार्यकारी जिम्मामा छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
प्रचण्डले गरे कञ्चनपुरको शोभा ताल अवलोकन
सहिद परिवारको घरमा प्रचण्डको बास
माओवादी प्रचण्डले चाखे अछामी परिकार ‘भक्सी’को स्वाद
सहिद तथा बेपत्ता परिवारको एक जनालाई रोजगारी दिने व्यवस्था सुनिश्चित गर्दैछौँ : प्रचण्ड
अभियानमा सहभागी हुन बाँके पुगे ‘प्रचण्ड’
सरकारले लाज पचाएर शिक्षकलाई अपमानित गरिरहेको छ : प्रचण्ड