काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्माले पार्टीविरुद्ध सार्वजनिक रूपमा बोलेकोप्रति असन्तुष्टि जनाएका छन्।
जारी स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै शर्माले पार्टी नेतृत्वविरुद्ध सार्वजनिक रूपमा विधिभन्दा बाहिर गएर राम्रो सन्देश नगएको बताएका हुन्।
प्रचण्ड’को भनाइ उदृत गर्दै एक नेताले भने, ‘पार्टीभित्रको कुरा छलफल र बहस गर्न सबैलाई छुट छ। तर, जनार्दनजीले सार्वजनिक रूपमा जुन बोल्नुभयो, त्यो ठिक होइन र यसले राम्रो सन्देश गएको छैन। पार्टीभित्र अनुशासन कायम हुनुपर्छ।’
शर्माले पछिल्लो समय नेतृत्वको आलोचना गर्दै विशेष महाधिवेशनको माग गर्दै आइरहेका छन्।
उनले आगामी महाधिवेशनबाट नेतृत्वमा ‘प्रचण्ड’लाई चुनौती दिने गरी अघि बढेपछि माओवादीभित्र अन्तरसंघर्ष चर्किएको छ।
‘प्रचण्ड’ र शर्माबीचको अन्तरसंघर्षको विषय पनि बैठकको छलफलको एजेन्डा बनेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ साउन २०८२, १९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’