काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्माले पार्टीविरुद्ध सार्वजनिक रूपमा बोलेकोप्रति असन्तुष्टि जनाएका छन्।
जारी स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै शर्माले पार्टी नेतृत्वविरुद्ध सार्वजनिक रूपमा विधिभन्दा बाहिर गएर राम्रो सन्देश नगएको बताएका हुन्।
प्रचण्ड’को भनाइ उदृत गर्दै एक नेताले भने, ‘पार्टीभित्रको कुरा छलफल र बहस गर्न सबैलाई छुट छ। तर, जनार्दनजीले सार्वजनिक रूपमा जुन बोल्नुभयो, त्यो ठिक होइन र यसले राम्रो सन्देश गएको छैन। पार्टीभित्र अनुशासन कायम हुनुपर्छ।’
शर्माले पछिल्लो समय नेतृत्वको आलोचना गर्दै विशेष महाधिवेशनको माग गर्दै आइरहेका छन्।
उनले आगामी महाधिवेशनबाट नेतृत्वमा ‘प्रचण्ड’लाई चुनौती दिने गरी अघि बढेपछि माओवादीभित्र अन्तरसंघर्ष चर्किएको छ।
‘प्रचण्ड’ र शर्माबीचको अन्तरसंघर्षको विषय पनि बैठकको छलफलको एजेन्डा बनेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ साउन २०८२, १९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग