काठमाडौ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना २ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणमा गएकी छन्।
मङ्गलबार राति चाइना साउर्दन एयरलाइन्सको उडानबाट राना चीनको हेनान प्रान्ततर्फ गएकी सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
उपसभामुख राना नेतृत्वको प्रतिनिधिमण्डलमा सङ्घीय संसद् सचिवालयका उपसचिव जगदिश न्यौपाने पनि छन्।
चीनको हेनान प्रान्तमा साउन ७ गतेदेखि ११ गतेसम्म आयोजना हुने साङ्घाई कोअपरेशन फोरम मिडिया एण्ड थिङ्क ट्यांक समिटमा सहभागी हुन उपसभामुख राना त्यसतर्फ प्रस्थान गरेकी हुन्। सो कार्यक्रममा उनले सम्बोधन गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा उपसभामुख रानाले हेनान प्रान्तका अधिकारीसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङ्झाउ सहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गर्नेछिन्। उपसभामुख राना यही साउन ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ साउन २०८२, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चको परमादेश पत्र सोमबार राति नै प्रदेशसभा सचिवालयमा आइसकेको छ : उपसभामुख राउत
उपसभामुखले प्रदेश सभाको बैठक बोलाएपछि सुरक्षा व्यवस्थामा कडाइ
मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित
उपसभामुख हटाउने प्रस्तावबाट किन पछि हट्यो कांग्रेस ?
उपसभामुखलाई हटाउने प्रयासमा शेखर पक्षले जनायो असन्तुष्टि
उपसभामुख हटाउने कुरा आए हामी विरुद्धमा जान्छौं: एकीकृत समाजवादी