एजेन्सी । अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले रूसी सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवका 'उत्तेजक' भनाइप्रति प्रतिक्रिया दिँदै दुई परमाणु पनडुब्बीहरूलाई ‘उपयुक्त स्थानहरूमा’ तैनाथ गर्न आदेश दिएको बताएका छन्।
शुक्रबार ट्रुथ सोशलमार्फत सार्वजनिक बयानमा ट्रम्पले भने, 'पूर्व रूसी राष्ट्रपति मेदवेदेवको अत्यन्तै उत्तेजक बयानलाई मध्यनजर गर्दै मैले दुई आणविक पनडुब्बीहरूलाई उपयुक्त स्थानहरूमा तैनाथ गर्न आदेश दिएको छु।'
उनले यो कदम सावधानीका रूपमा चालेको जनाउँदै भने, 'यी गैरजिम्मेवार र उत्तेजक शब्दहरू केवल भाषणमा सीमित नहुन सक्छन्। शब्दहरूले कहिलेकाहीं गम्भीर परिणाम ल्याउँछ। आशा छ यसपटक त्यस्तो हुनेछैन।'
ट्रम्पले पनडुब्बीहरू कहाँ तैनाथ गरिएको हो भन्ने खुलाएका छैनन्। अमेरिकी सैन्य प्रोटोकलअनुसार यस्तो जानकारी गोप्य राखिन्छ।
सामान्य रूपमा कम बोले पनि हाल मेदवेदेव अमेरिकी नीति र नेताहरूको तीव्र आलोचना गर्दै आएका छन्। ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रुसलाई चेतावनी दिँदै अल्टिमेटम दिएको केही दिनपछि मेदवेदेवले उनलाई 'धम्की दिने' र 'युद्ध निम्त्याउने' व्यक्ति भनेका थिए।
एक्समा मेदवेदेवले लेखेका थिए, 'हरेक नयाँ अल्टिमेटम युद्धतर्फको कदम हो।'
उनको भनाइलाई जवाफ दिँदै ट्रम्पले भने, 'मेदवेदेव, जो अझै आफूलाई राष्ट्रपति ठान्छन्, उनी एक असफल पूर्वराष्ट्रपति हुन्। उनी धेरै खतरनाक बाटोमा लागेका छन् र आफ्ना शब्दहरू मनमा राख्नुपर्छ।'
रूसले ट्रम्पको भनाइमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। तर ट्रम्पको घोषणापछि रूसी शेयर बजारमा तीव्र गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १८ साउन २०८२, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक
ट्रम्पले बीबीसीविरुद्ध किन हाले मुद्दा ?
थाइल्यान्ड र कम्बोडियाको युद्ध रोक्न म फोन गर्छु : ट्रम्प
ट्रम्पलाई किन भेट्न चाहन्छन् जेलेन्स्की ?
रुस–युक्रेन युद्ध रोक्ने अमेरिकी प्रस्ताव ‘अन्तिम’ होइन : ट्रम्प
ममदानीसँगको भेटमा आठ शान्ति–सम्झौता गराएको ट्रम्पको दाबी