काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल (क्रान्तिकारी) का उपमहासचिव रामचन्द्र भट्टलाई भेटेर स्वास्थ्य अवस्था बुझेका छन् । उनले बिहीबार अन्नपूर्ण न्युरो अस्पताल पुगेर भट्टको स्वास्थ्य अवस्था बुझेका हुन् ।
साउन १२ गते सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनबारे छलफल गर्ने क्रममा क्रान्तिकारीका पूर्व नेता भुवनसिंह विष्टले प्रहार गरेको ढुङ्गा लागेर उनी गम्भीर घाइते भएका थिए ।
चिकित्सकले भट्टको स्वास्थ्यमा सुधार हुँदै गएको र अहिले सामान्य अवस्थामा रहेको बताएको छ । यसअघि उपमहासचिव जनार्दन शर्माले भट्टको स्वास्थ्य अवस्था बुझेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ साउन २०८२, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग