काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल (क्रान्तिकारी) का उपमहासचिव रामचन्द्र भट्टलाई भेटेर स्वास्थ्य अवस्था बुझेका छन् । उनले बिहीबार अन्नपूर्ण न्युरो अस्पताल पुगेर भट्टको स्वास्थ्य अवस्था बुझेका हुन् ।
साउन १२ गते सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनबारे छलफल गर्ने क्रममा क्रान्तिकारीका पूर्व नेता भुवनसिंह विष्टले प्रहार गरेको ढुङ्गा लागेर उनी गम्भीर घाइते भएका थिए ।
चिकित्सकले भट्टको स्वास्थ्यमा सुधार हुँदै गएको र अहिले सामान्य अवस्थामा रहेको बताएको छ । यसअघि उपमहासचिव जनार्दन शर्माले भट्टको स्वास्थ्य अवस्था बुझेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ साउन २०८२, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड