काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई विभाजन गर्न प्रतिक्रियावादीहरूले अनेकौँ षड्यन्त्र गरिरहेको बताएका छन् । आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २३ औँ बोत्ले स्मृति दिवस कार्यक्रममा बोल्दै उनले षड्यन्त्र गरिरहेको बताएका हुन् । प्रचण्डले प्रतिक्रियावादीसँग अन्तिम लडाईं लड्न बाँकी नै रहेकाले क्रान्तिकारी कम्युनिस्ट पार्टीबिच एकता गरी नयाँ सङ्कल्प गर्न आवश्यक भएको जिकिर गरे ।
‘प्रतिक्रियावादी अपराधीहरूले हाम्रो पार्टीलाई विभाजन गर्न अनेक षड्यन्त्र गर्ने, जालझेल गर्ने, लगानी गर्ने तमाम काम गर्दै आएका छन् । जतिबेला हामी शान्ति सम्झौतामा आयौँ, त्यतिबेलादेखि नै षड्यन्त्र, छलछाम जारी नै छ’, उनले भने, ‘सबै क्रान्तिकारी कम्युनिस्टहरूबिच एकता गर्ने प्रयास गरेका छौँ । तर प्रतिक्रियावादीले ज्यान छोडेर लागेका छन् भन्ने कुरा पनि हामी सबैले बुझ्नुपर्ने हुन्छ । अन्तिम यो मुठभेडमा प्रतिक्रियावादीले जित्ने हो कि क्रान्तिकारी अग्रगामीले जित्ने फैसला अहिले नै भइहालेको छैन । वामपन्थी क्रान्तिकारीलाई एकताबद्ध पारेर प्रतिक्रियावादीलाई प्रतिवाद गर्ने हामीले कोसिस गरेका छौँ ।’
प्रतिक्रियावादी जाली फटाहाहरूले सहिदलाई अपमानित गर्ने, अवमूल्यन गर्ने निकै ठुलो कसरत गरिराखेकाले सचेत हुँदै अगाडि बढ्न बढ्नुपर्ने उनको भनाइ छ । ‘हिजो जनतामा भ्रम छर्ने । क्रान्तिकारीलाई घेरा हाल्ने । निर्मम र नृशंस तरिकाले हत्या गर्ने । महिलाहरूमाथि चरम यातना र बलात्कारको बिभिसिका खडा गर्ने तत्वहरुले हामीलाई अहिले पनि कसरत गरिरहेका छन् । पछिल्लो केन्द्रीय समिति बैठकले सहिद, बेपता तथा घाइते परिवारको योगदानलाई जुन रूपमा पार्टीले सम्मान गर्नुपर्थ्यो, त्यसमा कमी भएको महसुस गरिएको छ । हामी प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध अगाडी बढ्ने जमर्को गरेका छौँ । फेरि एकचोटी नयाँ आन्दोलन र विद्रोहले जन्म लिँदैछ भन्ने सङ्कल्प सहित अगाडि बढिरहेका छौँ’, उनले भने ।
प्रचण्डले पार्टीको जारी स्थायी समिति बैठकमा छलफल र पार्टी एकतालाई अझ बलियो बनाउन बोत्ले हत्याकाण्डले सकारात्मक योगदान पुर्याउने विश्वास लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ साउन २०८२, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’