काठमाडौँ । संघीय संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूले आग्रह गरेका छन् । राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उनीहरूले तोकिएको समयभित्र निर्माण सम्पन्न नभए पनि अब थपिएको म्यादभित्र विलम्ब नगरी भवन निर्माण गर्न आग्रह गरेका हुन् ।
बैठकमा सहरी विकास तथा भवन निर्माण विभागसँग निर्माणाधीन संसद् भवनको पछिल्लो अवस्थाबारे छलफल भएको थियो । त्यस क्रममा सांसद मदनकुमारी शाह गरिमाले सिंहदरवारभित्रै समयमा भवन निर्माण सम्पन्न नहुनु दुःखद रहेको बताइन। उनले भनिन, “सिंहदरवारभित्रै यस्तो हालत छ भने अरूतिर के होला ? समितिले पटक पटक निर्देशन र ‘फलोअप’ गर्दा पनि संसद् भवन निर्माणले गति लिन सकेन । सबैको चासो हुँदा पनि काम नहुनुले हाम्रो काम गर्ने शैली र प्रतिबद्धतामाथि नै प्रश्न उठेको छ ।”
सांसद पदमबहादुर परियारले थपिएको म्यादभित्र पनि भवनको काम सम्पन्न हुनेमा विश्वस्त हुन सक्ने आधार नदेखिएको धारणा राखिन । “निर्माण कम्पनीले एक वर्षको समय माग गरेको थियो, तर ६ महिना म्याद थपिएको छ । के यो समयभित्र साँच्चिकै काम सकिन्छ त रु समयभित्र काम हुन्छ भन्ने विश्वास गर्न कठिन छ”, उनले भने । संसद् भवनको डिजाइन पनि अपाङ्गतामैत्री नभएको सांसद परियारको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ साउन २०८२, १९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् भवनस्थित क्यान्टिनको छतबाट कामदार खसे