माओवादी निष्कर्ष- अमेरिकी नेतृत्वको विश्व व्यवस्था ढल्दैछ, नेपालको भूमिका कमजोर

सफल खबर संवाददाता

आइतबार, १८ साउन २०८२, १८ : ५९
माओवादी निष्कर्ष- अमेरिकी नेतृत्वको विश्व व्यवस्था ढल्दैछ, नेपालको भूमिका कमजोर

काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकाको नेतृत्वमा रहेको उदारवादी विश्व व्यवस्था विघटन हुन लागेको निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकमा आइतवार विश्व राजनीतिबारे छलफल भएको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

माओवादी बैठकको निष्कर्षबारे सापकोटाले भने- एक ध्रुवीय उदारवादी विश्व व्यवस्था जुन अमेरिकाको नेतृत्वमा छ त्यो विघटन हुँदैछ । खासगरी चीन,रुस र भारत विश्व शक्तिका रुपमा आउँदैछन् । संयुक्त राष्ट्रसंघ निष्प्रभावी भएको छ । यस्तो बेलामा नेपालको भूमिका विश्व मन्चमा कमजोर भएको छ ।

माओवादीले नेपालको आफ्नो भूमिका प्रभावकारी बनाउन पहल हुनुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस