काठमाडौं । मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।
गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको र थप जानकारी आउन बाँकी रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार घटनास्थलबाट दुई जनाको उद्धार गरिएको छ । बस मर्याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र थप यात्रुहरू पनि छन् कि भनेर खोजी जारी रहेको छ । बसमा कति यात्री सवार थिए भने यकिन भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ साउन २०८२, १६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा बस दुर्घटना, एकजनाको मृत्यु
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ७ जना घाइते
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
सङ्खुवासभामा बस दुर्घटना, १४ जना घाइते
पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना: कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते