काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने बताएका छन् ।
शुक्रबार ललितपुरमा महिला उद्यमी महासङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिएका हुन् ।
सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्वका साथ हेरेको उनले बताए । प्रधानमन्त्री ओलीले महिलाको सशक्तिकरणको लागि संविधान र व्यवहारमा व्यवस्था गर्दै आएको जिकिर गरे ।
त्यसैका लागि तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेको उनको भनाइ छ । सम्मेलनमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्स, युएई दूतावासका प्रतिष्ठित प्रतिनिधि र नेताहरूको सहभागिता रहेको महिला उद्यमी महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ असार २०८२, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ : प्रधानमन्त्री कार्की
सेनालाई प्रधानमन्त्रीको निर्देशन : आगामी चुनावमा एक थोपा रगत नबगोस्, कोही घाइते नहून्
एकीकृत, दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री
अबको मन्त्रिमण्डलमा महिलालाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री कार्की