काठमाडौ । सुनको मूल्य आज पनि बढेको छ। सुनको मूल्य साेमबार प्रतितोला चारसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य गएको बिहीबारदेखि लगातार बढ्दै आएको छ। आज सुन तोलाको एक लाख ९३ हजार सातसय रुपैयाँमा किनबेच भइरहेको छ।
सुनको मूल्य गएको बिहीबार प्रतितोला तीनसय, शुक्रबार दुईसय र आइतबार आठसय रुपैयाँ बढेको थियो। हिजाे सुनको मूल्य एक लाख ९३ हजार तीनसय रुपैयाँ थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार दुईसय ८५ रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ साउन २०८२, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, नयाँ कीर्तिमान
सुन तोलाको ३ लाख १८ हजार पुग्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्यमा अर्को कीर्तिमान, एकैदिन ५ हजार २ सयले बढ्यो
आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य हालसम्मकै उच्च, आज तोलाको कति ?
सुनचाँदीको मूल्यमा आजपनि नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ?