काठमाडौँ। चालू आर्थिक वर्षभित्रै ४० जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिइरहँदा कर्णाली प्रदेशका १० जिल्लामा भने विद्युतीय पहुँचमा कमजोर छ ।
नेपाल विद्युत् प्राधिकरणमार्फत हालसम्म यो प्रदेशमा २७.२९ प्रतिशत मात्र विद्युतीकरण भएको छ । प्रदेशभर नेपाल विद्युत् प्राधिकरणका ग्राहक सङ्ख्या ८५ हजार छन् । सबैभन्दा बढी सुर्खेतमा ५८ र कम जाजरकोटमा पाँच प्रतिशत मात्रै विद्युतीकरण भएकोे छ । विद्युत् पहुँचमा सबैभन्दा कमजोर रहेको कर्णाली प्रदेशलाई तीन वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने दाबी नेपाल विद्युत् प्राधिकरणले गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भौगोलिक तथा प्राविधिक जटिलताका हुँदाहँदै पनि यो काम सम्पन्न गरिसक्ने बताएकाे खबर गाेरखापत्रमा छापिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०७ पुस २०७६, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीका हिमालमा लेक लागेर ज्यान गुमाउनेको संख्या बढ्दै
कर्णालीका कृषिमन्त्रीले गरे कार्यसम्पादन सम्झौता
कर्णाली प्रदेश सभा बैठक बस्दै, कस्तो छ दलहरूको तयारी ?
प्रधानमन्त्रीद्वारा कर्णालीका नेतासँग आगामी बजेटबारे छलफल
कर्णाली र लुम्बिनी प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धता
एलिमिनेटर खेलमा चितवनविरुद्ध कर्णाली पहिले ब्याटिङमा