'६ महिनामा ५ लाखलाई रोजगारी'

पत्रपत्रिकाबाट

आइतबार, ०६ पुस २०७६, ०८ : ४८
'६ महिनामा ५ लाखलाई रोजगारी'

काठमाडौं  । प्रधानमन्त्री रोजगार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १ सय दिन रोजगारी प्रत्याभूति गर्न सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधिअनुरुप स्थानीय तहसँग आयोजना माग गरिएकामा त्यसको संकलनको काम पूरा भइसकेको छ ।

कार्यक्रमअन्तर्गत आउँदो ६ महिनासम्म करीब ५ लाख बेरोजगारलाई रोजगारी दिन तयारी थालिएको छ । मन्त्रालयका प्र्रधानमन्त्री रोजगार कार्यक्रम हेर्ने उपसचिव डा.लोकनाथ भुसालको अनुसार त्यस्ता माग भई आएका आयोजना कार्यान्वयन गरी सय दिने रोजगारी प्रदान गर्न आवश्यक रकम पठाउने तयारी भइरहेको छ ।  समाचार आजको आर्थिक अभियान दैनिकमा छ।  

प्रतिक्रिया दिनुहोस