काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसले मोहम्मद अफ्ताब आलममाथि राजनीतिक पूर्वाग्रह राखेर झुटा मुद्दा लगाइएको आरोप लगाएको छ ।
आफैँले बनाउन लगाएको बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको अभियोगमा नख्खु जेल पुगेका आलम कांग्रेसका तर्फबाट रौतहट–२ मा निर्वाचित सांसद हुन् । सिंहदरबारमा बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले झुटा प्रमाणहरू संकलन गरेर आलमलाई षड्यन्त्रपूर्वक फसाउन खोजेको भन्दै आपत्ति जनाएको हो ।
‘राजनीतिक पूर्वाग्रह राखेर नेता, कार्यकर्ता, व्यापारी एवं सर्वसाधारणमाथि झुटा मुद्दा लगाउने कार्य तत्काल बन्द गरियोस्,’ दल बैठकपछि सचेतक पुष्पा भुसालले विज्ञप्ति जारी गरेकी छिन् । विज्ञप्तिमा उल्लेख छ, ‘रौतहट जिल्ला क्षेत्र नं २ बाट निर्वाचित कांग्रेसका सांसद मोहम्मद अफ्ताब आलममाथि राजनीतिक पूर्वाग्रह राखेर झुटा प्रमाणहरू संकलन गर्दै षड्यन्त्रपूर्वक फसाउने कार्यको कांग्रेस संसदीय दल घोर आपत्ति व्यक्त गर्दछ । स्वतन्त्र र निष्पक्ष छानबिनमाथि पूर्वाग्रही ढंगबाट हस्तक्षेप नगर्न सरकारलाई सचेतसमेत गर्दछ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०४ पुस २०७६, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् पुनर्स्थापनाबारे काँग्रेस र एमालेद्वारा सभामुखसँग छलफल
कांग्रेसमा पूर्णबहादुर असफल भएको संस्थापनकै निश्कर्ष
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज नबस्ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक
खड्का र सिटौलालाई प्रश्न : विशेष महाधिवेशनले पार्टी फुटाउने भए विधानबाट किन हटाउनुभएन ?