काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको छ । ट्रम्पलाई युक्रेनसँगको सम्झौतामा सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनलाई प्रभाव पार्नेगरी आफनो प्रतिद्धन्द्धीका विषयमा अनुसन्धान गर्न दबाब दिएर शक्तिको दुरुपयोग गरेको अभियोग लागेको थियो ।
त्यसै विषयलाई लिएर उनीविरुद्ध महाअभियोग लगाउने तयारी थियो । पूर्व उपराष्ट्रपतिसमेत रहेका जो बाइडन र उनका छोरालाई भ्रष्टाचारको मुद्दामा फसाउन युक्रेनी समकक्षीलाई ट्रम्पले टेलिफोन गरेको दाबी विपक्षीको छ । ट्रम्पलाई महाभियोग लगाउने या नलगाउने भन्नेबारे अमेरिकी तल्लो सदनमा बुधबारदेखि बहस चलेको थियो । बहसपछि नेपाली समयअनुसार बिहीबार बिहान भएको मतदानमा बहुमत सांसद् ट्रम्पविरुद्ध खडा भएका हुन् ।
अन्र्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार, महाभियोगको पक्षमा २३० र विपक्षमा १९७ मत परेको छ । महाभियोगका लागि २१६ मत आवश्यक पर्नेमा त्यसभन्दा १४ मत बढी परेको हो । तल्लो सदनबाट महाभियोग लाग्ने ट्रम्प अमेरिकाका तेस्रो राष्ट्रपति हुन् । अमेरिकी इतिहासमा तीन जना राष्ट्रपतिले महाअभियोगको सामना गरेपनि कुनै पनि राष्ट्रपतिले मतदानमा पराजित हुनुपरेको थिएन् ।
रिचर्ड निक्सनले भने महाअभियोगको चर्चापछि आफै राजीनामा दिएका थिए । महाअभियोग सदनमार्फत राष्ट्रपतिलाई हटाउने सम्बैधानिक माध्यम हो । डेमोक्रायटिक पार्टीका तर्फबाट सन् १८६८ मा राष्ट्रपति बनेका एन्डु जोन्सन एक मतले मात्र जोगिएका थिए । ट्रम्पलाई तल्लो सदनले महाअभियोग लगाउने प्रस्ताव पारित गरेपनि अब यसबारे माथिल्लो सदनले छिनोफानो गर्नेछ । माथिल्लो सदनमा भने ट्रम्पको पार्टी रिपब्लिकन सांसदहरुको बहुमत छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ पुस २०७६, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको ट्रम्पको भनाइ
फेडका हाकिमलाई निकाल्ने कुनै आशय छैनः ट्रम्प
ट्रम्प प्रशासनको सरकारी कार्यदक्षता विभाग छोड्ने मस्कको संकेत
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको २ अर्ब डलर रकम
पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की
ट्रम्पको नयाँ ट्यारिफ नीतिपछि विश्व शेयर बजारमा २०२० यताकै ठूलो गिरावट