चितवन । रत्ननगर नगरपालिकाले सुकुम्वासी समुदायका लागि घर निर्माण शुरु गरेको छ । विभिन्न संघसंस्थासँग सहकार्य गरेर घर बनाउन थालिएको हो । रत्ननगर नगरपालिका–८ बगर टोलमा रहेका सुकुम्वासीमध्ये नौ परिवारका लागि अहिले लुमन्ती आवासका लागि सहयोग समूहको सहकार्यमा घर निर्माणकार्य थालिएको छ । पछि सोही बस्तीमा यो सङ्ख्या २६ पु¥याइने छ ।
नगरपालिकाका प्रमुख नारायण वनका अनुसार घर निर्माणका लागि शुरुमा समूहले छ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने छ । ऋण तिर्नका लागि घर धनीहरुलाई उत्पादनशील क्षेत्रमा नगरपालिकाले अनुदान दिने भएको छ । उनीहरुले नगरपालिकाको सहयोगमा आर्थिक उपार्जन गरी ऋण तिर्नसक्ने वनले जानकारी दिए । यससँगै सडक, विद्युत, ढल, घरका लागि आवश्यक काठलगायतका सहयोग नगरपालिकाले गर्नेछ । रु पाँच लाखदेखि रु सात लाखसम्म ऋण दिएर उनीहरुका लागि आकर्षक घर निर्माण गरिँदै छ ।
सम्पूर्ण घर निर्माण भएपछि सो बस्ती नमूना बस्ती हुने वनको तर्क छ । नगरपालिकाका प्रेस सल्लाहाकार होमनाथ सापकोटाका अनुसार यसअघि मुसहर बस्तीमा रोटरीको सहयोगमा १२, सपना भिलेजको सहयोगमा सात र गायक मिलन लामाको सहयोगमा पाँच गरी २४ घर निर्माण गरिएको थियो । नगरपालिकाभित्र खरको छानामुक्त बनाई सुरक्षित महसुसका साथ बस्नयोग्य घर बनाउन नगरपालिका लागिपरेको छ ।
नगरप्रमुख वनले नगरभित्र एक हजार ५ सय४ घरधुरी सुकुम्वासी रहेको भन्दै उनीहरुका लागि सुरक्षित घर, शौचालय, गोबरग्याँस र सुन्दर बस्ती निर्माणका लागि सबैसँग सहयोगको आग्रह गरिएको बताउनुभयो । खर र दाउरा आवश्यक नहुने भएपछि वन्यजन्तुको जोखिममा नपर्ने हुँदा निकुञ्ज र स्थानीयबीचको द्वन्द्वसमेत घट्ने उहाँको भनाइ छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
मनोहरास्थित सुकुम्वासी बस्तीमा आज फेरि डोजर, हिजो भएको थियो आक्रमण
थापाथलीस्थित सुकुम्वासी वस्तीमा चल्यो डोजर
सुकुम्वासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन
थापाथली बस्ती पुगे सांसद आरेन राई, सुकुम्वासीको पक्षमा रहने प्रतिबद्धता
बस्तीमा डोजर चलेपछि सुकुम्वासीले गरे प्रहरीमाथि ढुंगामुढा