काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका लागि आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट थप उपचार आवश्यक देखिएका २३ जनालाई रिफर गरिएको छ । कीर्तिपुरस्थित राधा सत्संग शिविरबाट १७ जनालाई वीर अस्पताल र ६ जना बालबालिकालाई कान्ति बाल अस्पताल प्रेषण गरिएको हो ।
सुकुम्वासी व्यवस्थापन कार्यक्रमअन्तर्गत अस्थायी रूपमा स्थानान्तरण गरिएका नागरिकलाई लक्षित गरी मन्त्रालयले कीर्तिपुर र त्रिपुरेश्वरमा शिविर सञ्चालन गरेको थियो । कीर्तिपुरमा आयोजित एकदिने शिविरमा ८२ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
जसमा ४२ जनाको साधारण स्वास्थ्य परीक्षण, २० जनाको आँखा, २० जनाको दाँत र १४ जना बालबालिकाको स्वास्थ्य जाँच गरिएको मन्त्रालयले जनाएको छ । शिविरमा ४६ जनालाई निःशुल्क औषधि वितरण गर्नुका साथै केहीलाई मनोसामाजिक परामर्श समेत दिइएको थियो ।
यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको तीनदिने शिविरको पहिलो दिन १ सय ४० जनाले सेवा लिएका छन् । सेवा लिनेमा १०१ महिला र ३९ पुरुष छन्, जसमा ४५ जना ज्येष्ठ नागरिक र ५ जना बालबालिका रहेका छन् ।
शिविरमा आएका बिरामीहरूमा मुख्य गरी उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्राइटिस, झाडापखाला, दीर्घकालीन श्वासप्रश्वास र विभिन्न किसिमका संक्रमण तथा चोटपटकको समस्या देखिएको चिकित्सकले बताएका छन् । मन्त्रालयको उच्च नेतृत्वले दुवै शिविरको स्थलगत अनुगमन समेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ बैशाख २०८३, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनोहरास्थित सुकुम्वासी बस्तीमा आज फेरि डोजर, हिजो भएको थियो आक्रमण
थापाथलीस्थित सुकुम्वासी वस्तीमा चल्यो डोजर
सुकुम्वासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन
थापाथली बस्ती पुगे सांसद आरेन राई, सुकुम्वासीको पक्षमा रहने प्रतिबद्धता
बस्तीमा डोजर चलेपछि सुकुम्वासीले गरे प्रहरीमाथि ढुंगामुढा