कमरेडहरू ! भन्दै नेकपा बैठकमा किन खनिए घनश्याम ?

पत्रपत्रिकाबाट

बुधबार, ०२ पुस २०७६, ०७ : ३६
कमरेडहरू ! भन्दै नेकपा बैठकमा किन खनिए घनश्याम ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पार्टी एकता र सरकार गठनको दुई वर्ष सन्तोषजनक नभएको भन्दै नेताहरूले नेतृत्वलाई जनताप्रति उतरदायी हुन सुझाव दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको बैठकमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावप्रति आफ्नो धारणा राख्दै नेताहरूले पार्टी र सरकार सञ्चालन सम्बन्धमा असन्तुष्टि व्यक्त गरेका हुन् । नेकपा स्थायी कमिटीका सदस्य एवं कृषिमन्त्री घनश्याम भुसालले बैठकमा पार्टी एकता र सरकार गठनको दुई वर्ष सन्तोषजनक नभएको टिप्पणी गरे ।

पार्टी र सरकार सञ्चालन सम्बन्धमा असन्तुष्टि व्यक्त गर्दै भुसालले नेतृत्वलाई जनताप्रति उत्तरदायी हुन सुझाव दिए । ‘दुई वर्षलाई हेर्दा निर्वाचन जित्नु र बहुमतको सरकार बनाउनु नै सबैभन्दा ठूलो कुरा हो, सबै समस्याको समाधान हो भन्ने कोणबाट हामीले जनतालाई प्रशिक्षित गर्दै छौं भन्ने देखिन्छ । कमरेडहरू ! खासगरी नेतृत्वका कमरेडहरू ! उत्तेजनाहीन र आग्रहहीन भएर धर्ती टेकौं !’ भुसालले पेस गरेको लिखित सुझावमा उल्लेख गरिएको छ ।

क्रान्तिसम्बन्धी सिद्धान्त र मान्यता राजतन्त्रविरुद्ध जनवादी क्रान्तिका लागि विकसित र अभ्यास गरिएको बताउँदै उनले त्यो क्रान्ति नै सम्पन्न भइसकेपछि र नयाँ कार्यभार अगाडि आइसकेपछि अब नेकपाले जुन नयाँ उचाइबाट विचार र संगठनलाई विकसित गर्नुपथ्र्याे त्यो हुन नसकेकाले सबै क्षेत्रमा नयाँनयाँ समस्या देखा परिरहेको बताए । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस