काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पार्टी एकता र सरकार गठनको दुई वर्ष सन्तोषजनक नभएको भन्दै नेताहरूले नेतृत्वलाई जनताप्रति उतरदायी हुन सुझाव दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको बैठकमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावप्रति आफ्नो धारणा राख्दै नेताहरूले पार्टी र सरकार सञ्चालन सम्बन्धमा असन्तुष्टि व्यक्त गरेका हुन् । नेकपा स्थायी कमिटीका सदस्य एवं कृषिमन्त्री घनश्याम भुसालले बैठकमा पार्टी एकता र सरकार गठनको दुई वर्ष सन्तोषजनक नभएको टिप्पणी गरे ।
पार्टी र सरकार सञ्चालन सम्बन्धमा असन्तुष्टि व्यक्त गर्दै भुसालले नेतृत्वलाई जनताप्रति उत्तरदायी हुन सुझाव दिए । ‘दुई वर्षलाई हेर्दा निर्वाचन जित्नु र बहुमतको सरकार बनाउनु नै सबैभन्दा ठूलो कुरा हो, सबै समस्याको समाधान हो भन्ने कोणबाट हामीले जनतालाई प्रशिक्षित गर्दै छौं भन्ने देखिन्छ । कमरेडहरू ! खासगरी नेतृत्वका कमरेडहरू ! उत्तेजनाहीन र आग्रहहीन भएर धर्ती टेकौं !’ भुसालले पेस गरेको लिखित सुझावमा उल्लेख गरिएको छ ।
क्रान्तिसम्बन्धी सिद्धान्त र मान्यता राजतन्त्रविरुद्ध जनवादी क्रान्तिका लागि विकसित र अभ्यास गरिएको बताउँदै उनले त्यो क्रान्ति नै सम्पन्न भइसकेपछि र नयाँ कार्यभार अगाडि आइसकेपछि अब नेकपाले जुन नयाँ उचाइबाट विचार र संगठनलाई विकसित गर्नुपथ्र्याे त्यो हुन नसकेकाले सबै क्षेत्रमा नयाँनयाँ समस्या देखा परिरहेको बताए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०२ पुस २०७६, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल