धनकुटा । ट्रक र अटो ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो १२ बजेतिर बसन्तपुरबाट धरानतर्फ जाँदै गरेको ट्रक र हिलेबाट जोरपाटी बजारतर्फ जाँदै गरेको २ ह ६६११ नम्बरको अटो जोरपाटी गाउँपालिका २ स्थित फलैचामा दुर्घटनामा परेका हुन् । अटो तीव्र गतिमा रहेका कारण ट्रकसँग ठोक्किन पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
सिधुवा प्रहरी चौकीका जवान रामचन्द्र कटुवालका अनुसार घटनास्थलमै २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धनकुटा २ का अटोचालक २४ वर्षीय दशरथ पाख्रिन र छथर जोरपाटी गाउँपालिका १ का ४० वर्षीय सांगे शेर्पा रहेका छन् ।
दुर्घटनामा २ जना घाइते भएका छन् । घाइतेको धनकुटा अस्पतालमा उपचार भइरहेको छ ।
घटनालगत्तै ट्रक र ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ मंसिर २०७६, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
बसको ठक्करबाट युवतीको मृत्यु