धादिङ । हत्या गरेको आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सो गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मङसिर १० गते हत्या गरेर सेफ्टीट्याङ्कीमा हालेर बेपत्ता पारिएको थियो ।
मृतक तामाङको शव शौचालयको सेफ्टीट्याङ्कीमा ब्ल्याङ्केटले बेरेर फालिएको अवस्थामा भेटिएपछि उनका पति २३ वर्षीय अर्जुन थापामगर, ३२ वर्षीय छवि थापामगर र ४७ वर्षीय इन्द्र थापामगरलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले बताए । मृतक तामाङको शव परीक्षणका लागि जिल्ला अस्पताल राखिएको छ । घटनाको थप अनुसन्धान प्रहरीले गरिरहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या
कैलालीमा घरायसी विवादमा श्रीमतीले गरिन श्रीमानको हत्या
विवाद भएपछि साथीको हत्या, एक जना पक्राउ
सिन्धुलीमा श्रीमतीले गरिन् श्रीमानको हत्या