कावासोती । कावासोतीमा नेपाली सेना चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् । बसमा ४० जना सवार थिए ।
सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको टोली सवार ना ६ ख ४०४ नम्बरको बस शनिबार बिहान ३ बजेतिर पूर्वी नवलपरासीको कावासोती-३ पुरानो कावासोती बजारमा दुर्घटनामा परेको हो ।
नेपाली सेनामा भर्ना छनौट भएर थप तालिमका लागि काठमाडौं जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन् । बस अनियन्त्रित भएर सडकबाट तल खसेको छ ।
दुर्घटनामा घाइते भएकोमध्ये प्रेमबहादुर खत्री र विरेन्द्र शाहीको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि चितवन पठाइएको छ ।
अन्य घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ मंसिर २०७६, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु