चितवन । बस पल्टिदा चितवनमा १७ जना घाइते भएका छन । बाराबाट काठमाण्डौतर्फ गईरहेको ना ७ ख ४७५५ नम्बरको बस रत्ननगर नगरपालिका २ टाँडीस्थित राजमार्गमा बिहिबार राति अनियन्त्रीत भई पल्टिदा यात्रु घाइते भएका हुन ।
घाइतेहरुमध्ये बारा कलैया २ का ३५ वर्षीय गौरीशंकर यादव, २१ का २४ वर्षीय रामबाबु यादव, गढीमाइ नगरपाििलका १ का ४४ वर्षीय मनोज शाह र भारत मोतिहारीका १८ वर्षीय खुसीलाल यादवको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।
अन्य सामान्य घाइतेको भने टाँडीको बकुल्लर सरकारी अस्पतालमा उपचार भइरहेकोे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको । बसमा ४२ जना यात्रुहरु सवार रहेको जनाइएको छ । रौतहटका २६ वर्षीय सहचालक क्षितिजले सवारी चलाईरहेको समयमा बस अनियन्त्रीत भई पल्टिएको यात्रुको भनाई छ । प्रहरीका अनुसार सहचालक क्षितिज तामाङ फरार छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ मंसिर २०७६, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
जेन जेड आन्दोलनका घाइतेलाई अर्थमन्त्री खनालले भेटे
सिंहदरबार गेटमा जेनजी आन्दोलनका घाइतेहरूको धर्ना
प्रहरीले हानेको रबरको गोली लागेर दुई फोटो पत्रकार घाइते
स्कारपियोसंग ठोक्किएर माइक्रो सडकमा पल्टिदा दुई जना घाइते
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ प्रहरी घाइते