चितवन । बस पल्टिदा चितवनमा १७ जना घाइते भएका छन । बाराबाट काठमाण्डौतर्फ गईरहेको ना ७ ख ४७५५ नम्बरको बस रत्ननगर नगरपालिका २ टाँडीस्थित राजमार्गमा बिहिबार राति अनियन्त्रीत भई पल्टिदा यात्रु घाइते भएका हुन ।
घाइतेहरुमध्ये बारा कलैया २ का ३५ वर्षीय गौरीशंकर यादव, २१ का २४ वर्षीय रामबाबु यादव, गढीमाइ नगरपाििलका १ का ४४ वर्षीय मनोज शाह र भारत मोतिहारीका १८ वर्षीय खुसीलाल यादवको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।
अन्य सामान्य घाइतेको भने टाँडीको बकुल्लर सरकारी अस्पतालमा उपचार भइरहेकोे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको । बसमा ४२ जना यात्रुहरु सवार रहेको जनाइएको छ । रौतहटका २६ वर्षीय सहचालक क्षितिजले सवारी चलाईरहेको समयमा बस अनियन्त्रीत भई पल्टिएको यात्रुको भनाई छ । प्रहरीका अनुसार सहचालक क्षितिज तामाङ फरार छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ मंसिर २०७६, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते
दैलेखमा चक्कु प्रहारबाट दुईजना घाइते
तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते
प्रहरीको लाठीचार्जबाट प्रदर्शनकारी घाइते, सिंहदरबार क्षेत्रमा सुरक्षा ‘हाइ अलर्ट'
गुल्मीमा माटोको ढिस्कोले पुरिएर २ जना घाइते