गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–६ बुल्म राङदलचौरमा शनिबार दिउँसो घर लिप्ने माटो खन्ने क्रममा दुई जना घाइते भएका छन् ।
इस्मा गाउँपालिका–५ बनगाउँ निवासी वर्ष ४७ की हिरा बिष्ट र वर्ष २३ की सुमित्रा मुखिया घाइते भएका हुन् । माटोको ढिस्को खस्दा च्याप्पिएर उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी ) नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
घाइते हिरा बिष्टको बाँया आँखामाथि बाहिरी चोट लागेको छ भने शरीरका विभिन्न भागमा भित्री चोट रहेको छ । त्यस्तै सुमित्रा मुखियाको पनि शरीरका विभिन्न भागमा भित्री चोट लागेको प्रहरीले जनाएको छ ।
दुवै जनाको अवस्था मध्यम रहेको छ । उनीहरुलाई पुरिएको अवस्थामा स्थानीयले उद्धार गरेका थिए । घाइते दुवै जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०८२, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते
दैलेखमा चक्कु प्रहारबाट दुईजना घाइते
तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते
प्रहरीको लाठीचार्जबाट प्रदर्शनकारी घाइते, सिंहदरबार क्षेत्रमा सुरक्षा ‘हाइ अलर्ट'
जेनजी आन्दोलनका घाइतेहरुकाे वर्गीकरण सम्बन्धि कार्यविधि तयार