गुल्मीमा माटोको ढिस्कोले पुरिएर २ जना घाइते

सफल खबर संवाददाता

आइतबार, १३ पुस २०८२, ११ : ०७
गुल्मीमा माटोको ढिस्कोले पुरिएर २ जना घाइते

गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–६ बुल्म राङदलचौरमा शनिबार दिउँसो घर लिप्ने माटो खन्ने क्रममा दुई जना घाइते भएका छन् ।

इस्मा गाउँपालिका–५ बनगाउँ निवासी वर्ष ४७ की हिरा बिष्ट र वर्ष २३ की सुमित्रा मुखिया घाइते भएका हुन् । माटोको ढिस्को खस्दा च्याप्पिएर उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी ) नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

घाइते हिरा बिष्टको बाँया आँखामाथि बाहिरी चोट लागेको छ भने शरीरका विभिन्न भागमा भित्री चोट रहेको छ । त्यस्तै सुमित्रा मुखियाको पनि शरीरका विभिन्न भागमा भित्री चोट लागेको प्रहरीले जनाएको छ ।

दुवै जनाको अवस्था मध्यम रहेको छ । उनीहरुलाई पुरिएको अवस्थामा स्थानीयले उद्धार गरेका थिए । घाइते दुवै जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।