काठमाडौं । नेपाली कांग्रेसको विधानअनुसार प्रत्येक चार वर्षमा पार्टीको महाधिवेशन गर्नुपर्छ । तर, १३औं महाधिवेशन सकिएको चार वर्ष पुग्नै लाग्दा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको म्याद एक वर्ष थप गर्ने तयारी गरेका छन् ।
१३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाले १४औं महाधिवेशन एक वर्ष धकेल्ने गरी तयारी अघि बढाएका हुन् । उनले पार्टीमा रिक्त रहेका विभाग, कार्यसम्पादन समितिसहित नेतृत्वविहीन अवस्थामा रहेका भ्रातृसंगठनलाई पहिले पूर्णता दिने र २०७७ फागुनमा १४औं महाधिवेशन गर्ने गरी तयारी अघि बढाएका हुन् ।
देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले आउने फागुनमा महाधिवेशन गर्न सकिने अवस्था नरहेकाले नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सकेर २०७७ फागुनमा १४औं महाधिवेशन हुने बताए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २५ मंसिर २०७६, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्र महाधिवेशन पक्षधर समूहको जोड : एकीकरण वा नयाँ राजनीतिक विकल्पबारे शीघ्र निर्णय आवश्यक
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै