काठमाडौं । नेपाली कांग्रेसको विधानअनुसार प्रत्येक चार वर्षमा पार्टीको महाधिवेशन गर्नुपर्छ । तर, १३औं महाधिवेशन सकिएको चार वर्ष पुग्नै लाग्दा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको म्याद एक वर्ष थप गर्ने तयारी गरेका छन् ।
१३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाले १४औं महाधिवेशन एक वर्ष धकेल्ने गरी तयारी अघि बढाएका हुन् । उनले पार्टीमा रिक्त रहेका विभाग, कार्यसम्पादन समितिसहित नेतृत्वविहीन अवस्थामा रहेका भ्रातृसंगठनलाई पहिले पूर्णता दिने र २०७७ फागुनमा १४औं महाधिवेशन गर्ने गरी तयारी अघि बढाएका हुन् ।
देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले आउने फागुनमा महाधिवेशन गर्न सकिने अवस्था नरहेकाले नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सकेर २०७७ फागुनमा १४औं महाधिवेशन हुने बताए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २५ मंसिर २०७६, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसमा पूर्णबहादुर असफल भएको संस्थापनकै निश्कर्ष
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज नबस्ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक
खड्का र सिटौलालाई प्रश्न : विशेष महाधिवेशनले पार्टी फुटाउने भए विधानबाट किन हटाउनुभएन ?
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै