चितवनका विद्यालयमा बिद्यार्थीको तौल, उचाइसहितको नयाँ व्यवस्था

पत्रपत्रिकाबाट

सोमबार, २३ मंसिर २०७६, ०७ : १६
चितवनका विद्यालयमा बिद्यार्थीको तौल, उचाइसहितको  नयाँ व्यवस्था

चितवन । भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका निजी र सरकारी विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीको तौल, उचाइ र व्यक्तिगत तथा पारिवारिक विवरण अनिवार्यरूपमा तयार गर्नुपर्ने नीति बनाएको छ।

महानगरले नयाँ शैक्षिक सत्रदेखि विद्यार्थीमा लामो समयदेखि कुनै किसिमको रोग लागेको भए त्यसको विस्तृत विवरण तयार गर्नुपर्ने व्यवस्था पनि गरेको छ। महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख सीताराम कोइरालाले भविष्यको पहिलो आधार शिक्षा भएकाले शिक्षासँंगै विद्यार्थीको स्वास्थ्य परीक्षण अनिवार्य गर्न यस्तो व्यवस्था गर्न लागेको जानकारी दिनुभयो।

महानगरपालिकाले सार्वजनिक गरेको स्थानीय पाठ्यक्रमको प्रदेश–३ का सामाजिक विकास मन्त्री युवराज दुलाल र मेयर रेणु दाहालले सार्वजनिक गर्नुभएको हो। स्थानीय सरकारले आधारभूत तहमा अनिवार्य विषयबाहेक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रमको व्यवस्था गरेपछि भरतपुर महानगरले पाठ्यक्रम सार्वजनिक गरेको हो। महानगरका शिक्षा महाशाखा प्रमुख कोइरालाले सो पाठ्यक्रमको शीर्षक ‘हाम्रो गौरव, हाम्रो भरतपुर’ रहेको जानकारी दिनुभयो।

पाठ्यक्रममा स्थानीय विषयवस्तुलाई अनिवार्यरूपमा पढाउनैपर्ने बाध्यकारी व्यवस्था गरिएको छ। अनिवार्य विषयबाहेक आधारभूत तह (कक्षा १–८) मा सय पूर्णाङ्कको पाठ्यक्रम राख्नैपर्ने व्यवस्था छ जसमध्ये कक्षा १–३ मा साप्ताहिक ५ र ४–८ मा ४ पाठ्यभार उल्लेख छ। यो पाठ्यक्रम सरकारी र निजी दुवै विद्यालयमा लागू हुनेछ। ‘पाठ्यक्रम सार्वजनिक भएको छ, आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयले अनिवार्यरूपमा लागू गर्नुपर्नेछ।’ –मेयर दाहालले भन्नुभयो। महानगरपालिकाले गएको बुधबार पाठ्यक्रम सार्वजनिक गरेको हो।

महानगरभित्र १ सय २३ सामुदायिक र ९७ निजी विद्यालयमा करिब ७५ हजार विद्यार्थी अध्ययन गरिरहेका छन्। महानगरले सबै पक्षलाई समेट्ने गरी १० क्षेत्रमा पाठ्यक्रम तयार गर्नेछ। पहिलो क्षेत्रमा भरतपुर महानगरपालिकाको परिचय, क्षेत्र–२ मा स्थानीय संस्कृति कला, ३ मा स्थानीय पर्यटन, ४ मा स्थानीय कृषि व्यवसाय, ५ मा स्थानीय व्यवसाय, पेसा र प्रविधि, ६ मा प्राकृतिक सम्पदा तथा वातावरण संरक्षण, ७ मा स्थानीय खेलहरू, ८ मा विपद् व्यवस्थापन, ९ मा शहरी विकास, प्रदूषण तथा फोहोर व्यवस्थापन र क्षेत्र १० मा नैतिक मूल्य–मान्यता, सदाचार र योग रहेका छन्। नेपाल समाचारपत्र दैनिकमा दैनिकमा खबर छ ।

कोइरालाले पाठ्यक्रममा कक्षा १–३ मा निरन्तर विद्यार्थी मूल्याङ्कनको आधारमा शतप्रतिशत, कक्षा ४ र ५ मा ५० प्रतिशत निरन्तर र ५० प्रतिशत आवधिक परीक्षाको आधारमा अक्षराङ्क पद्धतिलाई अपनाइने व्यवस्था गरिएको जानकारी दिनुभयो। पाठ्यक्रममा कक्षा ६–८मा ४० प्रतिशत निरन्तर र ६० प्रतिशत आवधिक परीक्षाको आधारमा मूल्याङ्कन गर्नुपर्ने प्रावधान राखिएको छ। यसअघि काठमाडौंको गोकर्णेश्वर, बर्दियाको ठाकुरबाबा नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरिसकेका छन्। नेपाल समाचारपत्र दैनिकमा दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस