काठमाडौं । आठ जना प्रहरी उपरीक्षक एसपीको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले काज सुरुवाका क्रममा चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी उपरीक्षक (एसपी) राजकुमार बैदवारलाई पुलिस एकेडेमीमा ल्याएको छ ।
पुलिस एकेडेमीका एसपी रविन्द्र रेग्मीलाई धादिङ काज सरुवा गरेको छ ।
सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई कानून शाखामा ल्याइएको छ । सर्लाहीमा विश्वमणि पोखरेललाई पठाइएको छ ।
काभ्रेका एसपी जयराज सापकोटालाई दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर सरुवा गरिएको छ ।
ट्राफिक महाशाखाका एसपी रवि पौडेललाई काभ्रे पठाइएको छ ।
स्याङजाका एसपी राजकुमार लम्साल हेर्डक्वाटर तानिएका छन् । प्रहरी मुख्यालयको कानून शाखाका एसपी जनार्दन जिसीलाई स्याङजा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ मंसिर २०७६, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका जेन जेड अगुवाहरू प्रहरीको नियन्त्रणमा
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण