चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासका नदीमा भाले घडियाल गोहीको अभाव भएको छ । जसका कारण गाही जोगाउनसमेत समस्या भएको छ ।
निकुन्जको आफ्नै प्रजनन केन्द्रमा पनि एकमात्र भाले गोही रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा झण्डै डेढ दशकयतादेखि कसरामा रहेको घडियाल गोही प्रजनन केन्द्र हेर्दै आउनु भएका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले भाले गोहीको अभाव भएको बताउनुभयो ।
प्रजनन् केनद्रमा एकमात्र भाले गोही रहेको र नदीमा पनि ३ वटा मात्रै भाले गोही रहेकोले गोही संरक्षणमा चुनौती थपिएको उहाँको भनाई छ । ३ वर्ष अघि प्रजनन केन्द्रमा रहेको एक भाले गोही र राप्तीमा रहेको एकमात्रै भाले गोही मरेपछि दुर्लभ गोहीको प्रजनन संकटमा परेको थियो ।
पछि बाहिरी जिल्लाको अन्य नदी तथा खोलाबाट भाले गोही ल्याइएको थियो । चितवन राष्ट्रिय निकुञ्जको घडियाल संरक्षण केन्द्रमा प्रजनन योग्य पोथी घडियालका लागि पनि एउटामात्र भाले रहेको सहायक संरक्षण अधिकृत खड्का बताउनुहुन्छ । आफुहरुलाई प्रजनन् केन्द्र्रका गोही भन्दा पनि नदीका गोही जोगाउन निकै ठुलो चुनौति भएको उहाँ बताउनु हुन्छ ।
माछा मार्नेहरुले थापेको जालमा परेर गोहि मर्ने र माछा मासिदा गोहिको आहारा कम हुदा समस्या भएको उहाको भनाई छ । गोही संरक्षणमा सबैले सहयोग गर्नु पर्ने उहा बताउनु हुन्छ । नदिमा बढ्दो प्रदुशणका कारण माछा समेत लोप हुदै जान थालेको, भएका माछाहरु पनि लुकिछिपि जाल हानेर मार्न थालेकाले गोहीको आहारा समेत अभाव हुदा गोही संरक्षण दैनिक चुनौती पुर्ण बनेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ मंसिर २०७६, १८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द
चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु
निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी
गोहीको अण्डा संकलन सुरु
वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ
निकुञ्ज प्रभावितलाई एक करोड बढी राहत