चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका चार हात्तीले छावा जन्माएका छन् । विसं २०८१ चैतदेखि यता ती हात्तीले छावा जन्माएका हुन् । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार विसं २०८१ चैत ८ गते रिमझिम कलीले दीपगज, विसं २०८२ असार २८ गते लोकतन्त्रकलीले बेदगज, असार ३० गते तीर्थमान कलीले बिभ्रकली र साउन ७ गते तमोरकलीले रामप्रितगज जन्माएका हुन् ।
निकुञ्जले सञ्चालन गरेको हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका हात्तीले छावा जन्माएका हुन् । हात्तीले गर्भधारण गरेको १८ देखि २२ महिनामा बच्चा जन्माउने गर्दछ । खोरसोरमा अब चितवनकली गर्भवती रहेको उनले जानकारी दिए ।
चितवनकलीले अबको दुई तीन महिनामा छावा जन्माउने उनले बताए । अहिले खोरसोरमा रहेका ६ वटा छावालाई तालिम दिइएको छ भने सात वटालाई तालिम दिन बाँकी रहेका छन् ।
अहिले निकुञ्जका विभिन्न स्थानमा गरी ५८ वटा हात्ती रहेका छन् । हात्तीले बच्चा जन्माउन लामो समय लाग्ने भएकाले जन्मिएका छावालाई विशेष रूपमा हेर्ने गरिएको छ । छावाको न्वारन विधिपूर्वक गरिने गरिन्छ । प्रजनन केन्द्रमा हुर्किएर तालिम दिएपछि हात्तीलाई निकुञ्जका विभिन्न सुरक्षापोष्टमा पठाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २० साउन २०८२, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
सडकमा हिँडिरहेका युवकमाथि जंगली हात्तीको आक्रमण
हरेक रात आउने हात्तीको बथानले बाहुनडाँगीमा त्रास
हात्तीको आक्रमणबाट दुई जना घाइते
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु