जंगली हात्तीको आक्रमणबाट निकुञ्ज सुरक्षामा खटिएका सैनिक घाइते

सफल खबर संवाददाता

बुधबार, १४ साउन २०८२, १४ : २१
जंगली हात्तीको आक्रमणबाट निकुञ्ज सुरक्षामा खटिएका सैनिक घाइते

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका एक सैनिक जंगली हात्तीको आक्रमणबाट घाइते भएका छन् । निकुञ्जको पूर्वी सेक्टरमा पर्ने कछुवानी पोष्टको डेढ किलोमिटर पूर्वमा जंगली हात्तीले आक्रमण गर्दा हवल्दार नन्दसिंह ठकुरी घाइते भएका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार राती निकुञ्जको मचानमा बसेर गस्ती गरेर फर्किने क्रममा बिहान ७ बजेर १० मिनेट जाँदाको समयमा चार जना सैनिकमध्ये कमाण्डर हवल्दार ठकुरीलाई जंगली हात्तीले आक्रमण गरेको हो ।

हात्तीले सुडले आक्रमण गरेर ढाड र हातमा चोट बनाएपछि थप आक्रमणबाट बच्न सैनिक टोलीले तीन राउण्ड हवाइ फयरिङ समेत गर्नुपरेको उनले बताए । घाइते हवल्दार ठकुरीलाई बकुलहरमा रहेको बकुलहर अस्पतालमा उपचार गरिएको छ । उनको बाहिरी चोट मात्रै रहेको भित्री चोट नभएको पाइएको सूचना अधिकारी मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस