काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाग्लुङमा जीप दुर्घटनामा परी १४ को मृत्यु, तीन गम्भीर घाइते र एकजना खोलाले बगाएर हराएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
प्रचण्डले आज एक विज्ञप्तिमार्फत घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
गुल्मीबाट बाग्लुङको निसिखोला जाँदै गरेको ग१ज ५२१९ नंको जीप आज भीमगिठेमा दुर्घटनामा परेको हो । यति ठूलो सङ्ख्यामा मानिसको मृत्यु हुनेगरी भएको दुःखद् घटनाले सिङ्गो मुलुकलाई नै शोकमग्न बनाएको उहाँले उल्लेख गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डले विज्ञप्तिमा भन्नुभएको छ, ‘देशका विभिन्न भागमा हुने यस प्रकारका सवारी दुर्घटनाहरु नेपाली सडकको दूरावस्था, पुराना सवारी साधनको प्रयोग र सवारी सञ्चालनमा देखिएको हेलचेक्रार्इं समेतका कारण हुँदै आएका छन् । सवारी दुर्घटनालाई न्यूनीकरण गर्न आवश्यक पहलका लागि सम्बन्धित क्षेत्रको विशेष ध्यान जान जरुरी छ । उक्त दुर्घटनमा निधन भएकाहरुका परिवारजनका लागि उचित क्षतिपूर्तिका साथै वेपत्ताको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग माग पनि गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ मंसिर २०७६, १८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीसँग निर्वाचन प्रणाली र संविधान संशोधनको स्पष्ट धारणा छ : प्रचण्ड
प्रचण्ड र शेखर डा. कोइरालाबीच खुमलटारमा भेटवार्ता
सरकार देशलाई असफल बनाउनेतर्फ अग्रसर छ: प्रचण्ड
मन्त्रीले घुस डिल गरेको अडियो बाहिरिँदा प्रधानमन्त्रीले एक्सन नलिनु लाजमर्दो : प्रचण्ड
कांग्रेस पनि ओलीको स्वर्ग र नर्कको चक्करमा पर्यो : प्रचण्ड
सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको ‘प्रचण्ड’को आरोप