काठमाडौं । काठमाडौं, भक्तपुर, चितवन, बारा र रुपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । काठमाडौंको महानगरपालिका–१४ कलंकी मकालु पम्प नजिकै नम्बर नखुलेको टिपरको ठक्करबाट अन्दाजी ४० वर्षीय पुरुषको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको छ ।
ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै भक्तपुरको भक्तपुर नगरपालिका –१ सृजनानगरस्थित सडकमा बा.३ ख २५३१ नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते पैदलयात्री उदयपुर हडिया–५ घर भएका २७ वर्षीय समिर विकको उपचारको क्रममा आइतबार राति मृत्यु भएको छ । दुर्घटना पश्चात फरार भएको टिपर र चालकलाई काठमाडौं तिनकुनेबाट प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो ।
यसैगरी चितवनमा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । चितवनको खैरहनी नगरपालिका –१० बडागाउँ स्थित भित्री सडकमा ना.५८ प ९४१ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते साइकलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय मदरा चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल भरतपुरमा मृत्यु भएको छ । भने भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक मुग्लिङ–नारायणगढ सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री बर्दिया बाँसगढी–५ मगरागढीका ३३ वर्षीय सन्तराम थारुको सोमबार बिहान मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरि बाराको सुवर्ण गाउँपालिका–८स्थित हर्दिया चोकमा बिआर ०५ क्यू ९११३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना चालक सोही ठाउँ बस्ने २० वर्षीय बृज प्रशाद यादवलाई उपचारको क्रममा मृत्य भएको छ । यसैगरी रुपन्देहीको बुटबल–१२ कलुवास्थित पूर्व–पश्चिम राजमार्गमा बिग्रिएर रोकी राखेको भे.१ क १४४८ नम्बरको टिपरमा ना.४३ प ३३४६ नम्बरको मोटरसाइकल ठोक्किएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सैनामैना नगरपालिका बस्ने २९ वर्षीय दिपक पन्थ र ३१ वर्षीय नविन कडेंलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ मंसिर २०७६, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु