रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०८२, १३ : ५७
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध

रौतहट । रौतहटमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै करिब ६ घण्टा सडक अवरुद्ध गरिएको छ । प्रहरीका अनुसार जिल्लाको पौराहीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले करिब ६ घण्टा सडक अवरुद्ध गरेका हुन् ।

दुर्घटनामा चन्द्रनिगाहपुर–१ मङ्गलपुर निवासी ४५ वर्षीय बुढा लिम्बूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छन् । प्रहरीका अनुसार लिम्बूको सवारी साधनको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने सवारी साधनको विवरण भने खुल्न नसकेको प्रहरीको भनाइ छ । दुर्घटनापछि  स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेको प्रहरीले जानकारी दिएको छ।प्रहरीले दोषी चालकलाई कारबाही गरिने प्रतिबद्धता जनाएपछि सडक खुलाइएको छ ।