काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको छ । तनहुँ, सप्तरी, सिराहा लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको हो ।
तनहुँको व्यास नगरपालिका–५ स्थित सडकमा दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग.२च ५७६० नम्बरको बोलेरो जिप गएराति मादी नदीमा खसेर दुर्घटना हुँदा जिपमा सवार ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा व्यास नगरपालिका–५ बेतेनी बस्ने २८ वर्षीय प्रवीण आलेमगर, सोही नगरपालिका मानुङसोहरा बस्ने २२ वर्षीय कुशल थापा मगर र २२ वर्षीय कुमार थापामगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार १ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै सप्तरीको राजगढ गाउँपालिका–५ मलेखपुरस्थित सडकमा स १ त ५४४२ नम्बरको ट्याक्टरमा म.प्र.०२–०१९ प ९६२६ नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका–१ जमुनी मध्येपुरा बस्ने १९ वर्षीय सन्तोष यादव र २२ वर्षीय सागर मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई छिन्नमस्ता अस्पताल राजविराज हुँदै थप उपचारको लागि न्युरो अस्पताल विराटनगर मोरङ रिफर गरिएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
उता पर्साको वीरगन्ज महानगरपालिका–१७ अलौस्थित सडकमा ना.७ ख ९४२९ नम्बरको टिपरले बीआर ०५ एल ८१५९ नम्बरको मोटरसाइकललाई शनिबार दिउसो ठक्कर दिँदा मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका–१६ नगवा टोल बस्ने २२ वर्षीय छोटु साह सोनार र मोटरसाइकलमा सवार सोही महानगरपालिका–२९ रतनपुर टोल बस्ने २९ वर्षीय शुकुरूला अंसारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका छोटु साहको पावर हाउसस्थित नीलकण्ठ अस्पतालमा र शुकुरूलाको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२ पोखरभिन्डास्थित सडकमा
पोखरभिन्डाबाट सरस्वती खोलातर्फ जाँदै गरेको स १ त ६६४३ नम्बरको ट्याक्टरबाट लडेर सोही गाउँपालिका–२ पोखरभिण्डा बस्ने ३० वर्षीय प्रदीप चौधरीको शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, सल्यानको दार्मा गाउँपालिका–६ चौताराटोलमा रा. ७ प ७४९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक २१ वर्षीय जीवन विकको घटनास्थलमै मृत्यु भएको छ । बर्दिया, मधुबन नगरपालिका–८ लालसिंह चोकस्थित सडकमा भे–१३ प २६६९ नम्बरको मोटरसाइकल र भे–६ प ५४१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा भे–१३ प २६६९ नम्बरको मोटरसाइकल चालक गुलरीया नगरपालिका–२ बस्ने २८ वर्षीय देवानन्द यादव र भे–६ प ५४१ नम्बरको मोटरसाइकल चालक मधुबन नगरपालिका–८ लालिबजार बस्ने ३० वर्षीय टंकबहादुर बिसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बर्दिया अस्पताल गुलरीयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका भे–१३ प २६६९ नम्बरको मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि नर्सिङ होम नेपालगन्ज बाँके पठाइएको छ ।
त्यस्तै धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपही पुलस्थित सडकमा महेन्द्रनगरबाट जनकपुरतर्फ जाँदै गरेको प्र–२–०२–००२ प ५९९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने २८ वर्षीय उपेन्द्र पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यता, लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ खुदी बेँसीशहरमनाङ सडक खण्डमा ज–५ प ७०१६ नम्बरको मोटरसाइकल र बिएए ०६९९ नम्बरको बोलेरो जिप एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक बेँसीशहर नगरपालिका–१० बस्ने ४५ वर्षीय याकम तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल लमजुङमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०८२, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु