धरान । धरान उमहानगरपालिकाको प्रमुख पदमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।
धरानको ७ वटा वडाको मत गणना सम्पन्न भइसक्दा नेपाली कांग्रेसका तिलक राईले १० हजार ९ सय ९४ मत सहित ४ सय ७७ मतको अग्रता लिएका छन् ।
नेकपाका तिलक राईले १० हजार ५ सय १७ मत प्राप्त गरेका छन् । जम्मा ५५ हजार ११ मत खसेकोमा २३ हजार ४ सय ९ मत गणना भइसकेको छ । अहिलेसम्म संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अमर बहादुर लिम्बूले ५ सय ३४ मत, संघिय समाजवादीका गजेन्द्र लिम्बूले २ सय ६९, साझा पार्टीका राजन श्रेष्ठले ४३ मत प्राप्त गरेका छन् ।
अहिले धरानकाे ११, १२ र १३ नं. वडाकाे मत गणना भइरहेकाे छ ।
जम्मा खसेकाे मतः ५५०११
गणना भइसकेकाेः २३४०९
नेपाली कांग्रेसः १०९९४
नेकपाः १०५१७
लिम्बुवानः ५३४
समाजवादीः २६९
बदरः ४५०
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ मंसिर २०७६, १८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय