कपिलवस्तु उपनिर्वाचनमा राजपा बिजयी

सफल खबर संवाददाता

आइतबार, १५ मंसिर २०७६, ०८ : ५३
कपिलवस्तु उपनिर्वाचनमा राजपा बिजयी

कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका १० लालपुरमा भएको उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्र  बिजयी भएकी छ्न ।

निर्वाचन कार्यालयका अनुसार खसेको १ हजार ७ सय २२ मत मध्ये ८ सय ६८ मत ल्याई मिश्र विजयी भएकी हुन ।  उन्का प्रतिद्धन्द्धी नेपाली काग्रेसका देब भारती ले ४ सय ६५ मत ल्याएका छन  ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट अदालत मनिहारले  १ सय ४७,  समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी १ सय ७५,  जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी २८, राप्रपाबाट बलभद्र मिश्र ११,  मत प्राप्त गरेका छन । २१ मत बदर भएको छ ।

चन्द्रौटा दुर्गा मन्दिर परिसरमा मतगणना भएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा वडाध्यक्ष बनेकी शकुन्तला भारतीको आकस्मिक निधन भएपछी रिक्त रहेको पदमा अहिले उपनिर्वाचन भएको हो। वडाध्यक्ष पदका लागि भएको उक्त निर्वाचनमा ७ राजनितिक दल र ५ स्वतन्त्र उम्मेदवार गरी १२ जनाको प्रतिष्प्रधा रहेको थियो ।