काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमत निर्माणमा बिचार र राजनीतिको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । नेपाल चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘जनमत निर्माणमा सञ्चारको भूमिका प्राथमिक रहेकाले यसको सदुपयोग मुख्य हो ।’
उहाँले अन्तरदेशीय जनमत सिर्जना गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्न समेत सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘त्रिपक्षीय सम्बन्धको साझेदारीले मात्र आर्थिक, पुर्वाधार विकासमा टेवा पुग्छ । यो युग कनेक्टिभिटीको यूग हो, यसको सबैभन्दा प्रभावकारी माध्यम सञ्चार हो ।’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘रोड, हवाई मार्गबाट हुने कनेक्टिभिटीभन्दा सञ्चार माध्यमबाट हुने कनेक्टिङ बढी महत्वपूर्ण हुन्छ ।’
अध्यक्ष प्रचण्डले नेपाल चीन भारत त्रिदेशीय रणनीतिक सम्बन्ध स्थापित गरेर जनस्तरमा सम्बन्ध स्थापित गर्न सके नेपालको आर्थिक प्रगतिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । एकअर्काे प्रसंगमा लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा भारत र चीनले मात्र संरचना बनाउने गरेको विषयमा आफूले यसअघि पनि गम्भीर ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । हाल देखिएको सीमा समस्याको समाधान तीन देशबीच सहमतिका साथ समाधान गर्नुपर्ने अध्यक्ष प्रचण्डको भनाई थियो ।
‘चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणले नेपाल चीनबीचको सम्बन्धको आयाम झनै फराकिलो भएको छ । अध्यक्षले भन्नुभयो, ‘सि जिनपिङ भारत हुँदै नेपाल किन आउनुमयो ? यसको खास महत्त्व छ ।’ सिको नेपाल भ्रमणपछि धेरै क्षेत्रमा सम्भावनाको ढोका खुलेको र नेपाललाई भरोसा थपिदिएको उहाँले बताउनुभयो ।
‘हामी प्रो इणडिया, प्रो चाइना, प्रो अमेरिकन होइनौं, हामी प्रो नेपाल हौ । हामीले हाम्रो देशको हितमा काम गरौं ।’ अध्यक्ष प्रचण्डले अगाडि भन्नुभयो, ‘सबैको साथ र सहयोग लिएर अघि बढौं ।’ उहाँले एक चीन नीतिमा नेपालको नीति परिवर्तन नहुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ मंसिर २०७६, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावमा प्रचण्डले देखेको यस्तो छ नेकपाको ‘सहज’ यात्रा
‘राजनीतिक स्थायित्वका लागि प्रमुख दलहरूसँग संवाद आवश्यक छ’ : ‘प्रचण्ड’
ओलीको गलत कार्यशैलीका कारण एमालेभित्र विद्रोह बढदैछ : प्रचण्ड
जनताबाट फ्याँकिएका मान्छेले चुनावबारे भ्रम छर्दैछन्: प्रचण्ड
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग
निर्वाचन क्षेत्रमा प्रचण्डको १५० घण्टा