काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लवले उपत्यकामा नयाँ कमाण्डर चयन गरेर पठाएका छन् । उपत्यकाको नेतृत्व गरिरहेकाहरु एक पछि अर्काे गर्दै सरकारको गिरफ्तारीवाट बच्न नसकेपछि उसले फेरि नयाँ नेतालाई जिम्मेवारी दिएर पठाएको छ ।
लामो समय उपत्यका इन्चार्जका रुपमा रहेका माइला लामाको गिरफ्तारी पछि एक पछि अर्काे गदै विप्लवका नेताहरु उपत्यकाका टिक्न सकिरहेका छैनन् । पार्टीले जिम्मेवारी दिएर पठाउने बित्तिकै पक्राउ पर्ने गरेका कारण विप्लवलाई उपत्यकाको पार्टी संगठनमा एक पछि अर्काे धक्का लाग्दै आएको छ । उपत्यकामा नयाँ नेतृत्वको रुपमा भित्रिएका चेतबहादुर पुन (चिरन, मिलन)लाई उपत्यका ब्यूरो इन्चार्जको रुपमा जिम्मेवारी दिएको छ । उनी यस अगाडी नारायणी ब्यूरो इन्चार्जको जिम्मेवारीमा थिए ।
माइला भन्दा अगाडी विप्लवको पार्टीले उपत्यका ब्यूरो इन्चार्ज कृष्ण धमला (गम्भिर) लाई बनाएर पठाएको थियो । तर उनी उपत्यका आउने क्रममा थानकोटबाटै पक्राउ परेपछि माइलालाई जिल्ला इन्चार्जको रुपमा जिम्मेवारी दिएर पठाएको थियो । माइलाको पक्राउ पछि उपत्यका आएका धिरेन्द्र उपाध्याय पनि पक्राउ पर्यो । जसलाई उपत्यकाको जिम्मा दिने तयारीमा विप्लवको पार्टी लागेको थियो । धिरेन्द्र उपाध्यायको पनि गिरफ्तारीपछि विप्लवको पार्टीले पूर्व स्थायिन विकास राज्यमन्त्री समेत रहेका नविन विश्वकर्मा (हितमान) लाई उपत्यका ब्यूरो इन्चार्ज बनाएको थियो । तर उनी पनि गत महिना पक्राउ परे ।
त्यसपछि फेरि उपत्यकाको नेतृत्व संकटमा प¥यो । तर हालै बसेको पार्टी केन्द्रीय समिति बैठकले एकपछि अर्काे नेता उपत्यकामा टिक्न नसक्नुका कारणका बारेमा गम्भिर समिक्षा गर्दै नयाँ इन्चार्ज पठाएको स्रोतले बताएको छ । अहिले नयाँ जिम्मेवारी लिएर आएका चिरन पुन रोल्पाली नेता हुन् । उनले यस अगाडी सरकार र विप्लवको पार्टीका बीचमा अनौपचारिक वार्ताको प्रयास चलिरहदा सरकारी वार्ता टोलीका तत्कालिन संयोजक सोमप्रसाद पाण्डे लगायतसँग चितवनमा भेट गरेका थिए । उनी प्रगतिशिल गीत पनि लेख्ने गर्छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ मंसिर २०७६, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह