काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीयकार्यसमितिको बैठक बुधवार बिहान ११ बजे फेरी बस्नेगरी स्थगित भएको छ ।
बैठकका एजेण्डामाथि केन्द्रीय सदस्यहरु बोल्नेक्रमबाँकी भएको कारण बुधवार फेरी बस्नेगरी बैठक स्थगित भएको पार्टी प्रवक्ता देवराजचालिसेले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा मंगलवार २८ जना केन्द्रीयसदस्यहरुले धारणा राखेका छन् । बैठकमा संविधान संशोधन अध्ययनका लागि विज्ञसमिति गठन, १५औँ महाधिवेशन तयारी, उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेशतथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ सङ्घ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति लगायतका विषयमा बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने प्रवक्ता चालिसेले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले विभिन्न ११ वटाबैठकका एजेण्डाहरु तय गरेका छौँ । आज यी एजेण्डाहरुमाथि २८ जना केन्द्रीय सदस्यहरुलेआफ्नो धारणा राखिसक्नुभएको छ । बाँकी साथिहरुले भोलिको बैठकमा भाग लिनुहुनेछ। भोलि नै हामी सबै विषयहरुमा निष्कर्षमा पुग्नेछौँ । सबै कुराहरु छलफलकै क्रममारहेकोले आज केही निर्णय भएको छैन ।’
आजको बैठकको सुरुमा सभापति गगनकुमार थापाले अगामी भदौ२४–२६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रश्ताव गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० चैत्र २०८२, २० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस उपसभापति शर्मा भन्छन्ः देश जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन
नेपाललाई सुधार चाहिएको छ, सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँः गगन थापा
विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’
ओली र बालेनलक्षित काँग्रेस उपसभापति शर्माको टिप्पणीः दुवैबाट देश चल्न सक्दैन