काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्डले कास्की क्षेत्र नम्बरका काँग्रेस उम्मेदवार खेमराज पौडेललाई देवघाट गएर बस्ने उमेरमा चुनाव उठेको बताएपछि खेमराजले पनि कडा जवाफ फर्काएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत ‘आदारणीय नेकपाका अध्यक्ष प्रचण्डज्यू, देवघाट होइन मंसिर १४ पछि तपाइँको र मेरो भेट संसदमा हुनेछ’ भन्दै जवाफ फर्काएका हुन् । उनले आफू काँग्रेसको सशक्त उम्मेवार भएको भन्दै प्रचण्डको अराजक अभिव्यक्तिको शालिन विरोध गरेका छन् ।
आज पोखरामा आयोजित सभामा प्रचण्डले प्रधानमन्त्रीलाई आराम गर्नु भन्ने पार्टीले देवघाट जानुपर्ने उमेरका व्यक्तिलाई उमेदवार बनाएको टिप्पणी गरेका थिए ।
‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाँही विदा लिनुपर्छ भन्नेहरुले ७७ वर्ष व्यक्तिलाई अगाडि सार्ने ?’ उनले प्रश्न गरे, ‘जो देवघाट जानुपर्ने, त्यहाँ गएर ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई अगाडि सार्ने अनि ६५ वर्षको व्यक्तिलाई रेष्ट गर्ने भन्न मिल्छ त ?
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ मंसिर २०७६, २१ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य