काठमाडौँ । सशस्त्र गतिविधिमा लाग्दालाग्दै विप्लव नेकपाले आफ्ना कमजोरी आफै औँल्याएको छ । क्रान्तिको चापभित्र केही कमजोरी र समस्या आउनु स्वभाविक नै भए पनि आलि बढी नै आन्दोलनलाई क्षति पु¥याउने खालका समस्याहरु देखापरेको उसले महसुस गरेको हो ।
पार्टीमाथि प्रतिबन्धपछि आँकलन गरेभन्दा बढी आत्मसुरक्षावादी, आत्मसमर्पणवादी र पलायनवादी समस्याहरु देखापरेको उसको ठहर छ । कार्यकर्तादेखि आरबिएम (राज्य व्युरो सदस्य), सिसिएम (केन्द्रीय सदस्य) र पिबिएम (पोलिट्व्युरो) सम्ममा यी प्रवृत्ति देखिएको उसैले स्वीकार गरेको छ ।
राजनीतिक दस्तावेजमा भनिएको छ, ‘कमरेड सुदर्शन (हेमन्तप्रकाश ओली) लाई गिरफ्तार गराउन उहाँकै सुरक्षास्टाफ आशिषले प्रहरी सेल्टरसम्म पु-यायो । उहाँसँग गिरफ्तार भएका रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी र कमाण्डर राजीव आत्मसमर्पण गरेर हिरासतबाट निस्किए । त्यसपछि एक वर्षदेखि जिम्मेवारीमा नखटेका र पार्टी नीतिविपरित बोलेको कारण निलम्बनमा परेका पिबिएम पदम राई सरकारी पार्टीमा छिर्न पुगे । जेलमा परेका बेला पूर्वपिबिएम जीवन्तमा पनि यो समस्या दोहोरियो ।’
आजको जनआस्था साप्ताहिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ११ मंसिर २०७६, ०७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल दर्ताका लागि विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा निवेदन
दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव
दल दर्ताका लागि निर्वाचन आयोग जाँदै विप्लव नेतृत्वको नेकपा
विप्लव नेतृत्वको नेकपाले कात्तिक २० गते काठमाडौंमा सभा गर्ने
सर्वपक्षीय सरकार गठन गर्न ‘विप्लव’ नेतृत्वको नेकपाको माग
नयाँ कम्युनिस्ट केन्द्र बनाउने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय