काठमाडौँ । अवैध साउदी रियाल १ लाख ५९ हजार सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
आइतबार साढे ७ बजे फ्लाई दुबईको उडान मार्फत दुबई जान लागेका भारतीय नागरिक असिफ मिर्जालाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्यााण्ड ब्यागेज चेकिङ्ग एरियामा जाँच गर्ने क्रममा खैरो रंगको ब्याग भित्र फल्स बटम बनाई लैजान लागिएको सो अवैध नगद बरामद भएको हो ।
मिर्जालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको र अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ मंसिर २०७६, २१ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु
सिमकोट विमानस्थल चलायमान, एकै दिन १६४ उडान–अवतरण
ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प
कतारमा इरानी मिसाइल आक्रमणको प्रभाव त्रिभुवन विमानस्थलमा देखियो