काठमाडौँ । सिमकोट विमानस्थल चलायमान भएको छ । शुत्रबारमात्रै विमानस्थलमा १६४ उडान-अवतरण भएको छ ।
कोरोना महामारीपछि सुनसानजस्तै देखिने विमानस्थलमा शुत्रबार मात्रै १६४ फ्लाइट मुभमेन्ट भएको सिमकोट नागरिक उडडयन प्राविधिकरण हुम्लाले जनाएको छ ।
नेपालगञ्जबाट ३२ फ्लाइट टेकअफ र ल्याडिङ गरी ६४ र सिमकोट विमानस्थलबाट हिल्सा नाकामा हेलिकप्टरको ५० फ्लाइट टेकअप र ल्याडिङ गरी १६४ फ्लाइट मुभमेन्ट भएको सिमकोट नागरिक उडडयन प्राविधिकरण हुम्लाका प्रमुख महेन्द्रबहादुर सिहंले जानकारी दिए ।
उत्तरी हिल्सा नाका खुलेपछि भारतीय तीर्थयात्रीहरु मनसरोवर कैलाश दर्शन गर्न आउने भक्तालु आउन थालेपछि सिमकोट विमानस्थल व्यस्त हुने गरेको प्रमुख सिहंले बताए ।
शुत्रबार सीता एयरले १० वटा फ्लाइट, तारा एयरको ७ वटा र समिट एयरको १४ फ्लाइट र एक फ्लाइट नेपाल एयरलाइनले उडान भरेको उनले भने ।
सिमकोट विमानस्थलमा नेपालगञ्जबाट दुई वटा सीता एयरलाइन्सका जहाज, दुईवटा २ तारा एयरलाइन्स र ४ वटा समिट एयरलाइन्सले नियमित उडान भर्ने गरेको सिहंको भनाइ छ ।
सिमकोट विमानस्थलबाट हिल्सा नाकसम्म भारतीय तीर्थयात्री ओसारपोसारको लागि ५ वटा हेलिकप्टरले उडान भर्दै आएका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ असार २०८२, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प
कतारमा इरानी मिसाइल आक्रमणको प्रभाव त्रिभुवन विमानस्थलमा देखियो
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्शल तैनाथ
भारतको उत्तरी राज्यका २१ विमानस्थल शनिबारसम्म बन्द रहने
भोजपुरमा ३ महिनापछि उडान शुरू