काठमाडौं । तपाँई सार्वजनिक बसमा यात्रा गर्दै हुनुहुन्छ ? त्यहाँ यात्रा गर्दा आफुले प्रयोग गरेका सामानबाट निस्केका फोहोर जथाभावी यात्रुवाहक बसभित्रै फाल्ने गर्नुभएको छ ? अब सचेत हुनुहोस्, नत्र कारवाहीमा पर्नुपर्ला ।
सरकारले यात्रुवाहक बसभित्रै फोहोर गर्नेलाई अब कारवाही गर्ने नीति अगाडी सारेको छ । यात्रुवाहक बसधनीले पनि अब बसभित्रै फोहोर राख्ने डस्विन अनिवार्य राखि दिनुपर्ने, गाडीहरु मर्मत सम्हार गर्नुपर्ने, यात्रु बस्ने देखि चालक बस्ने सम्मका सिटहरु सुरक्षित हुनुपर्ने लगायतका नियम अगाडी सारेर यातायात व्यवस्था विभागले सार्वजनिक बसबाट आउने फोहोर व्यवस्थापनको निति अगाडी सारेको हो ।
विभागले एक सूचना जारी गर्दै यात्रु देखि चालक सम्मलाई गाडी भित्रको फोहोर व्यवस्थित रुपमा व्यवस्थापन गर्ने निति अगाडी सारेको हो । यात्रुवाहक बसमा यात्रुहरुले फाल्ने फोहोर व्यवस्थापन गर्न सवारी साधन भित्र अब देखि अनिवार्य डस्विन राख्नुपर्ने निर्देशन विभागले गरेको छ ।
सवारी साधनको नियमित सरसफाई, ममर्त सम्भार गरी यात्रु बस्ने सिटको सरसफाई गर्न, चालक-सहचालकहरुले यात्रुहरुलाई शिष्ट, सभ्य व्यवहार गर्न र यात्रा अवधिमा सवारी साधनको झ्याल ढोकाबाट फोहोर नफाली डस्विनमा राख्न यात्रुवाहक सवारी सधान र यात्रुहरुलाई यातायात ब्यवस्था विभागले एक सूचना जारी गदै निर्देशन गरेको हो । नियमको उल्लंघन गरेमा कानुन बमोमिज कारवाही गर्नेपनि विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मकवानपुरमा बिजुलीको पोलमा ठोकियो यात्रु बस, २२ जना घाइते
चितवनमा बस पल्टिँदा ३८ जना घाइते
त्रिशूली किनारामा पुरिएको बस निकाल्ने प्रयास सकस
त्रिशुलीमा बस बालुवामा पुरिएकाे अस्थामा भेटियो
अल्जेरियामा बस नदीमा खस्यो, १८ जनाको मृत्यु
रौतहटमा बस पल्टियो, १० जना घाइते