काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले मन्त्रिमण्डल पुनर्गठन गरेसँगै सत्ता साझेदार दल समाजवादी रुष्ट बनेको छ। सो पार्टीले प्रधानमन्त्रीको निर्णयप्रति आपत्ति जनाउँदै सरकार छाड्ने बताएको छ ।
समाजवादी पार्टीका एक नेताले आफ्नो पार्टीसँग कुनै छलफल नगरी ओलीले मनपरी ढंगले मन्त्रिमण्डल पुनर्गठन गरेको भन्दै आपत्ति जनाए ।
ओलीले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको भूमिकामा रहेका उपेन्द्र यादवलाई कानुनमन्त्रीको जिम्मेवारी दिएका छन् । यस्तै स्वास्थ्य राज्यमन्त्रीको भूमिकामा रहेका सुरेन्द्र चौधरीलाई हटाइएको छ ।
समाजपादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव हाल भारतको दिल्ली भ्रमणमा रहेको र स्वदेश फर्किएपछि आवश्यक निर्णय लिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ मंसिर २०७६, २३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?