गर्भवतीको हेलिकप्टरबाट उद्धार

रासस

शनिबार, ३० कार्तिक २०७६, १९ : ४३
गर्भवतीको हेलिकप्टरबाट उद्धार

फाईल फोटो

काठमाडौं । जगदुल्ला गाउँपालिका–१ हुरीकोट डोल्पा कि ३० वर्षीया जनमदेवी बुढाको आज हेलिकप्टरबाट उद्धार गरिएको छ ।

उच्च रक्त चापबाट समस्या भोगिरहेकी बुढालाई सुत्केरी हुन नसकेपछि आज उद्धार गरी सुर्खेत लगिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जानकारी दिनुभयो । 

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट काइगाउँस्थित स्वास्थ्यचौकीबाट उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । एक वर्षयता अहिलेसम्म जिल्लामा १२ सुत्केरीको उद्धार गरिएको उहाँलेले बताउनुभयो ।