चितवन । अठार महिना भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भएर कार्य गर्नु भएका नेत्र प्रसाद सुबेदीलाइ आज एक कार्यक्रम गरि महानगरले बिदाई गरेको छ । महानगर पालिकाले आज कार्यालय परिसरमा बिदाई कार्यक्रम गरि सुवेदीलाई बिदाइ गरेको हो । सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अधिकृत सुवेदीलाई ढाका टोपी र माला लगाएर बिदाइ गर्नुभयो ।
बिदाई कार्यक्रममा दाहालले प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद सुबेदीले भरतपुर महानगरपालिकामा कार्य शुरु गरे देखि नै महानगरपालिकाको समग्र बिकास, सुसासन र कार्यसम्पादनमा रचनात्मक भूमिक खेलेर आफूलाइ अनुकरणिय सहयोग पु¥याउनु भएको बताउनुभयो ।
रचनात्मक सहयोग गरेको भन्दै मेयर दाहालले धन्यबाद दिदै उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयमा पनि कार्य सम्पादन अब्बल रहने अपेक्षा गर्नुभयो । राष्ट्र सेवामा रहने राष्ट्र सेवक कर्मचारीहरूको सरुवा, बढुवा नियमित र सहज रूपमा भई रहने बताउदैं मेयर दाहालले प्रमुख प्रशासकिय अधिकृत सुबेदीको कार्य सम्पादन शैलीको सबैले अनुसरण गर्न जनप्रतिनिधी तथा कर्मचारीहरूलाइ आग्रह गर्नुभयो ।
बिदाइ कार्यक्रममा उप प्रमुख पार्बती शाह ठकुरीले महानगरपालिकामा प्रमुख अधिकृत सुवेदीले गर्नुभएको योगदानको प्रसंसा गर्दै आगामी दिनहरु र अझ सुखद हुने बताउनुभयो । कार्यक्रममा वडा न १० का वडाअध्यक्ष तथा प्रवक्ता अरूण पिडित भण्डारीले आफ्नो कार्यकाल भरि महानगरमा सुवेदीले पु¥याउनु भएको भुमिकाको प्रसंसा गर्दै उज्जल भविष्यको कामना गर्नुभयो । सोही कार्यक्रममा वडा नम्बर २१ वडा अध्यक्ष चित्रसेन अधिकारी, तेजनारायण खरेल लगायतले सुवेदीको आगामी दिनहरु अझैं उपलब्धिपुर्ण हुने बताउनुभयो ।
कार्यक्रममा आफ्नो अनुभव सुनाउदै सुवेदीले करिब डेढ बर्षको भरतपुर महानगरपालिकाको कार्यकाल आफ्नो लागि सिकाइको बेजोड अवधि भएको बताउनुभयो । लोकतन्त्रको गहना भनेकै सूसासन, पारदर्शिता र जवाफदेहिता रहेकोले यसलाइ आदर्श मानेर यसको प्रयोगको कोसिस आफूले गरेको उहांले उल्लेख गर्नुभयो । भरतपुर महानगरपालिकाले बिकास र समृद्धिका बिशाल खाका तयार गरिसकेकोले यसलाइ पुरा गर्न सबैको सामूहिक भूमिकाको आवश्यकता औंल्याउदै भरतपुर प्रति आफ्नो सदैव सद्भाव रहने बताउनुभयो ।
कार्यक्रमा भरतपुर महानगरपालिकाका वडाअध्यक्षहरू महाशाखा प्रमुखहरू ,कर्मचारीहरूका साथै सामाजिक संघसंस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो । सुबेदीले २०७५ जेठ ३ देखी २०७६ कार्तिक २८ सम्म भरतपुर महानगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रूपमा कार्यरत रहनुभएको थियो । सुबेदीको उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयमा सरुवा भएको छ । सुबेदीको जिम्मेवारी महानगरपालिकामा कार्यरत उपसचिब प्रधुम्न प्रसाद उपाध्यायले निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ कार्तिक २०७६, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरपालिका र कालिकोट पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम
६ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न भरतपुर महानगरको सिफारिस
विक्रमबाबा मेलाको व्यवस्थापन भरतपुर महानगरले गर्ने
भरतपुरको विकासमा प्रधानमन्त्रीको भूमिकाको जति प्रशंसा गरे पनि कम हुन्छ : रेनु दाहाल
भरतपुर भ्रमण बर्ष २०२४ को तयारी तीव्र: प्रधानमन्त्रीले उद्घाटन गर्ने, सातै प्रदेशका मुख्यमन्त्रीलाई आमन्त्रण
भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी दीक्षित