चितवन । अठार महिना भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भएर कार्य गर्नु भएका नेत्र प्रसाद सुबेदीलाइ आज एक कार्यक्रम गरि महानगरले बिदाई गरेको छ । महानगर पालिकाले आज कार्यालय परिसरमा बिदाई कार्यक्रम गरि सुवेदीलाई बिदाइ गरेको हो । सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अधिकृत सुवेदीलाई ढाका टोपी र माला लगाएर बिदाइ गर्नुभयो ।
बिदाई कार्यक्रममा दाहालले प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद सुबेदीले भरतपुर महानगरपालिकामा कार्य शुरु गरे देखि नै महानगरपालिकाको समग्र बिकास, सुसासन र कार्यसम्पादनमा रचनात्मक भूमिक खेलेर आफूलाइ अनुकरणिय सहयोग पु¥याउनु भएको बताउनुभयो ।
रचनात्मक सहयोग गरेको भन्दै मेयर दाहालले धन्यबाद दिदै उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयमा पनि कार्य सम्पादन अब्बल रहने अपेक्षा गर्नुभयो । राष्ट्र सेवामा रहने राष्ट्र सेवक कर्मचारीहरूको सरुवा, बढुवा नियमित र सहज रूपमा भई रहने बताउदैं मेयर दाहालले प्रमुख प्रशासकिय अधिकृत सुबेदीको कार्य सम्पादन शैलीको सबैले अनुसरण गर्न जनप्रतिनिधी तथा कर्मचारीहरूलाइ आग्रह गर्नुभयो ।
बिदाइ कार्यक्रममा उप प्रमुख पार्बती शाह ठकुरीले महानगरपालिकामा प्रमुख अधिकृत सुवेदीले गर्नुभएको योगदानको प्रसंसा गर्दै आगामी दिनहरु र अझ सुखद हुने बताउनुभयो । कार्यक्रममा वडा न १० का वडाअध्यक्ष तथा प्रवक्ता अरूण पिडित भण्डारीले आफ्नो कार्यकाल भरि महानगरमा सुवेदीले पु¥याउनु भएको भुमिकाको प्रसंसा गर्दै उज्जल भविष्यको कामना गर्नुभयो । सोही कार्यक्रममा वडा नम्बर २१ वडा अध्यक्ष चित्रसेन अधिकारी, तेजनारायण खरेल लगायतले सुवेदीको आगामी दिनहरु अझैं उपलब्धिपुर्ण हुने बताउनुभयो ।
कार्यक्रममा आफ्नो अनुभव सुनाउदै सुवेदीले करिब डेढ बर्षको भरतपुर महानगरपालिकाको कार्यकाल आफ्नो लागि सिकाइको बेजोड अवधि भएको बताउनुभयो । लोकतन्त्रको गहना भनेकै सूसासन, पारदर्शिता र जवाफदेहिता रहेकोले यसलाइ आदर्श मानेर यसको प्रयोगको कोसिस आफूले गरेको उहांले उल्लेख गर्नुभयो । भरतपुर महानगरपालिकाले बिकास र समृद्धिका बिशाल खाका तयार गरिसकेकोले यसलाइ पुरा गर्न सबैको सामूहिक भूमिकाको आवश्यकता औंल्याउदै भरतपुर प्रति आफ्नो सदैव सद्भाव रहने बताउनुभयो ।
कार्यक्रमा भरतपुर महानगरपालिकाका वडाअध्यक्षहरू महाशाखा प्रमुखहरू ,कर्मचारीहरूका साथै सामाजिक संघसंस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो । सुबेदीले २०७५ जेठ ३ देखी २०७६ कार्तिक २८ सम्म भरतपुर महानगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रूपमा कार्यरत रहनुभएको थियो । सुबेदीको उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयमा सरुवा भएको छ । सुबेदीको जिम्मेवारी महानगरपालिकामा कार्यरत उपसचिब प्रधुम्न प्रसाद उपाध्यायले निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ कार्तिक २०७६, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना