चितवन । चितवनको भरतपुरमा बोलेरो र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका ६ का ३० वर्षीय रोसन सापकोटाको दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १० च ४४१३ नम्बरको बोलेरो र विपरित दिशाबाट आउदैं गरेको बा ६६ प २९६५ नम्बरको मोटरसाइकल नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत इच्छाकामना गाँउपालिका ६ जलविरेमा ठोक्किएको थियो ।
दुर्घट्नामा परि गम्भिर घाइते सापकोटाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा बिहिबार विहान मृत्यु भएको प्रहरी प्रवक्ता एक नारायण कोइरालाले बताए । मृतक सापकोटा मोटरसाइकलका चालक भएको प्रहरीले जनाएको छ । बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ कार्तिक २०७६, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
कपिलवस्तुमा ट्रक र कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते