चितवन । चितवनको भरतपुरमा बोलेरो र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका ६ का ३० वर्षीय रोसन सापकोटाको दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १० च ४४१३ नम्बरको बोलेरो र विपरित दिशाबाट आउदैं गरेको बा ६६ प २९६५ नम्बरको मोटरसाइकल नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत इच्छाकामना गाँउपालिका ६ जलविरेमा ठोक्किएको थियो ।
दुर्घट्नामा परि गम्भिर घाइते सापकोटाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा बिहिबार विहान मृत्यु भएको प्रहरी प्रवक्ता एक नारायण कोइरालाले बताए । मृतक सापकोटा मोटरसाइकलका चालक भएको प्रहरीले जनाएको छ । बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ कार्तिक २०७६, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन