काठमाडौँ । नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक निर्माण आयोजनाको मूल्याङ्कन विधिको मस्यौदा चुहावट गरेको ठहर गर्दै तत्कालीन आयोजना प्रमुख उपरथी योगेन्द्रबहादुर खाँडसहित मूल्याङ्कन बोर्डका सदस्यलाई सचेत गराएको छ ।
उक्त आयोजना सुपरीवेक्षण कार्यका लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनौट गर्ने कार्यमा भएको मस्यौदा चुहावट सम्बन्धमा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको सिफारिसमा तत्कालीन आयोजना प्रमुखसहित प्राविधिक मूल्याङ्कन बोर्डका सदस्यलाई सैनिक सचिव विभागबाट सचेत गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उक्त आयोजनामा विज्ञका रुपमा कार्यरत गैरसैनिक व्यक्तिहरुलाई समेत आयोजना प्रमुखबाट सजग गराइएको सेनाले जानकारी दिएको छ । राष्ट्र र नागरिकको सङ्गठनप्रतिको विश्वासलाई मनन गर्दै सेनाले तोकिएको समय सीमाभित्र आर्थिक अनुशासनमा रही पूर्ण पारदर्शिता तथा मितव्ययीरुपमा गुणस्तरीय रुपमा आयोजना सम्पन्न गर्न आफूहरु प्रतिबद्ध रहेको सेनाले जनाएको छ ।
राष्ट्रिय विकासका विभिन्न कार्यमा नेपाल सरकारको निर्देशनमा प्रत्यक्ष रुपमा परिचालन सेनाले काम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २७ कार्तिक २०७६, १९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाप्रति ऋणी रहनेछौं : हामी नेपाल
भ्रामक सूचनामा विश्वास नगर्नुस् : नेपाली सेना
अलपत्र परेका विदेशी नागरिकलाई सुरक्षाकर्मीमार्फत सहयोग गर्ने सेनाको आग्रह
बौद्ध र चाबहिल क्षेत्रबाट लुटिएको करिब ३४ लाख सेनाद्वारा बरामद
वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना
अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह