काठमाडौँ । भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीसँग टेलिफोन संवाद गरेका छन् ।
सो क्रममा देउवाले नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराएको काँग्रेसले जनाएको छ ।
नक्सा प्रकरणमा विज्ञप्ति जारी गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो विषयमा कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने पार्टीको धारणा रहेको उल्लेख गरेका छन् ।
‘यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मत भन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने नेपाली कांग्रेसको दृष्टिकोण छ’ विज्ञप्तिमा भनिएको छ ।कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा नेपाली कांग्रेस प्रष्ट छ र कुनैपनि भुमीमाथि हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ ।’
भारतीय नक्सामा नेपाली भूमि समेटिएको पाइएपछि त्यसको नेपालमा व्यापक विरोध भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ कार्तिक २०७६, १८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब मेरो राजनीतिबाट रिटायर्डको बेला भयो: देउवा
कांग्रेसको सहमती अनुसार नै सरकार अघि बढेको छ: शेरबहादुर देउवा
अबको बाटो संकल्प र कार्यान्वयनको हो, कुराभन्दा काममा ध्यान दिऔँ : देउवा
मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा
जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ : सभापति देउवा
सिंहदरबारमा शीर्ष नेताहरूबिच छलफल हुँदै